Logo

यलम्बर सांस्कृतिक सम्मान भूपाल राई, कुबेर राई र मेलिना राईलाई फेटा सहित नगद सम्मान (भिडियो हेर्नुस)


काठमाण्डौ- आज किराँती नव-सांस्कृतिक केन्द्रले नाचघर ज मलामा एक कार्यक्रम गर्दै यलम्बर सांस्कृतिक सम्मान दिएको छ । यलम्बर सांस्कृतिक सम्मान बरिष्ठ कबी तथा साहित्यकार भूपाल राईले कार्यक्रमको प्रमुख अथिती पुष्प कमल दाहालको हातबाट दिइयो।

त्यस्तै गरी यलम्बर नब-सांस्कृतिक सम्मान गायक कुबेर राई तथा किराती नब-सांस्कृतिक प्रतिभा पुस्कार गायिका मेलिना राईले पाउने भएकोलाई समेत दिएको छन । यस कार्यक्रममा  यलम्बर सांस्कृतिक सम्मानलाई दुई लाख दश हजार राशिको सांस्कृतिक सहित सम्मान गरियो । साथै यलम्बर नब-सांस्कृतिक सम्मान ३० हजार र किराती नब-सांस्कृतिक प्रतिभा २० हजार सहित सम्मान गरियो ।

किरातिहरुको महान चाड उभौलिको अबसरमा पारेर यस कार्यक्रम गरिएको हो । यस कार्यक्रममा बरिष्ठ गितकार तथा संगीतकार शम्भु राई, गायिका बिमला राई, कुबेर राई र मेलिना राईको दमदार प्रस्तुती दिएको छ ।

‘नौ लाख किरातिको एउटै शान ! पुर्खाको बिरासत हाम्रो पहिचान’ भन्ने मुल नाराको साथ कार्यक्रम भएको हो ।

बरिष्ठ कबी तथा साहित्यकार भूपाल राईद्वारा रचित गिती एल्बम ‘सेवा ढोग’ समेत बिमोचन समेत गरिएको छ । साथै ‘फर्क यावाची फर्क’ गितको म्युजिक भिडियो समेत सार्बजनिक गरिएको छ ।

यस कार्यक्रममा ख्याती प्राप्त कलाकाहरु डक्टर किरात, रुप कुमार राई, कला राई, सरला राई, कन्काईष्ट राई, बेनुका राई, पार्बती राई, मिना राई, शिला राई, लीला राई, जानुका राई, दिपक राई, दिपेश राई, दीपेन्द्र राई, नबिन्द्र राई, नरेन्द्र राई, निश्चल राई र मनिषा राई लगायत थिए ।

यस सस्थाले यस अघी २०६९ सालमा दुई अभिनेताहरु दयाहाङ राई र विल्सन बिक्रम राईलाई सम्मान गरी सकेको छ ।

(भिडियो हेर्नुस)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्