Logo

खोटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । बेरोजगार एबम् अति विपन्न परिवारका नागरिकलाई गाउँमै रोजगारको अवसर दिने गरी १५ वडा रहेको नगरपालिकामा कार्यक्रम लागू गरिएको हो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकाका १ सय ८० बेरोजगार नागरिकले रोजगार पाएको मेयर दिपनारायण रिजालले बताउनुभयो । दैनिक जनही ६ सय १० रुपैयाँ पारिश्रमिक पाउने गरी नगरपालिकामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मंगलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लीङले उद्घाटन गर्नुभएको हो ।

गरिबीको रेखामुनि रहेका र बेरोजगार नगरबासीमध्येबाट छनौट गरेर वर्षमा कम्तीमा सय दिनको रोजगारीको अवसर दिइएको नगरपालिकाले जनाएको छ । मासिक जनही १८ हजार ३ सय पाउने गरी रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई सम्वन्धित वडाभित्रको निर्माण लगायतको काममा खटाईएको छ ।

कामदारलाई कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफुलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको मेयर रिजालले बताउनुभयो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्