वास्तवमा डलर कसले खान्थ्यो ?
-निनाम कुलुङ ‘मंगले’
मुन्धुमस्टार अनलाइनले धेरै समय पहिले कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) को मुखपत्र ‘निप्सुङ’मा ‘… राई जाति हुनुमा के–को पीडा ?’ शीर्षकमा प्रकाशित भइसकेको एक लेख छापेको थियो । जुन लेख गणेश राईले लेखेका थिए । सोही लेखलाई ‘मुन्धुम स्टार’ अनलाइनले धेरैपछि (सन् २०१८ सेप्टेम्बर ९ मा) फेरि साभार गरेर प्रकाशित गरेको थियो । त्यसैले सो लेखको टिप्पणी वा प्रस्टीकरणको रुपमा यो लेख लेखिएको छ ।
हुन त यो लेख केही समयअघि नै ‘मुन्धुम स्टार’ अनलाइनमा दोहोर्याएर (दुईपटक) पठाएको हो । त्यस्तै सगरमाथा अनलाइन, शिखरपोष्ट अनलाइन, पुर्वेली अनलाइन, आफ्नो न्युज अनलाइन, अनलाइन खबर अनलाइन आदिमा पनि पठाएको हो । तर, ती विभिन्न अनलाइनमध्ये कुनै एक अनलाइनका कोही सरले छाप्नु भन्दाअघि नै गणेश राई ज्युलाई सो लेखका बारेमा सूचीत गरेछन् । फलतः विसं २०७६ जेठ २५ मा राष्ट्रिय सभा गृहमा भएको वाम्बुले राई ! सम्बन्धी डकुमेन्ट्री शो हेरेर निक्लने क्रममा गणेश राई ज्युले उही हो है ! मलाई पैसा खाएर लेख्यो भन्ने उही हो है … भन्दै कराए ।
कारण मैले लेखेको प्रस्टीकरण वा वास्तविकता के हो त ? भनी लेखेको लेखको शीर्षक थियो –‘गणेश राई ज्यु, डलर कसले खान्थ्यो ?’ त्यसैले शीर्षक फेरेर र, केही थपघट गरेर यो लेख फेरि पठाएको छु । आशा छ, ‘मुन्धुम स्टार अनलाइन पोर्टल’ले राई के हो त ? भन्ने बारेमा अझ बढी र खासगरी फगत आरोप–प्रत्यारोप भन्दा पनि वास्तविकता के हो त ? भनी स्वच्छ ढंगले बहस र छलफल होस् भनेर यो केही नजान्ने कुलुङेले आफ्नो अमूल्य समयको बर्बाद गर्दै ! यो लेख फेरि पुनर्लेखन गरेर पठाएको छ ।
किनभने ‘निप्सुङ’मा ‘… राई जाति हुनुमा के–को पीडा ?’ शीर्षकमा प्रकाशित लेखमा गणेश राई ज्युले कसरी र कुन आधारमा राई जातै हो ? भनी आफ्नो लेखमा भन्न खोजिएको विषयमा तथ्य–तथ्यांक, आवश्यक प्रमाणहरुसहित प्रस्ट पार्नुको सट्टा अमूक व्यक्तिले डलर खानलाई राई होइन भनेको हो ! नत्र त उसको नागरिकतामा समेत राई ! नै छ नि ? भन्ने आशय वा भनौं पेटबोली छ ।
यसरी हेर्दा राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरी हो भन्ने त घाम जत्तिकै छर्लङ्ग छ । राईको ऐतिहासिक भूमि कहाँ छ ? राईको वंश को हो ? राईको आफ्नो छुट्टै मातृभाषा कुन हो ?
जब कि नेपालको भगौलिक एकीकरणपछि शाह राजा र श्री ३ महाराजहरुले पूर्वमा रहेको किरात भूगोलसमेत विभाजन गरेर वल्लो किरात, माझ किरात र पल्लो किरात/लिम्बुवान बनाएका थिए । साथै वल्लो किरातका सुनुवार (कोइँच) लाई मुखिया, माझ किरातका कुलुङ, चाम्लिङ, बान्तावा आदिलाई राई, पल्लो किरात/लिम्बुवानका लिम्बु र लाप्चालाई सुब्बा र याक्खालाई देवान पदवी वा पगरी दिएको हो भन्ने त घाम जत्तिकै छर्लङ्ग छ ।
त्यसरी मुखिया, राई, सुब्बा, देवान आदि पदवी वा पगरी पाएका मान्छेका जेठो छोरोहरु जिउँदै छन् । जो राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरीको व्यवस्था कायमै रहेको भए राजाको जेठो छोरो राजा भए जस्तै राईको जेठो छोरो नै राई हुन्थे, सुब्बाको जेठो छोरो नै सुब्बा हुन्थे, मुखियाको जेठो छोरो मुखिया हुने थिए र, देवानको जेठो छोरो देवान हुने थिए । जसरी राजाको जेठो छोरो राजा हुन्थे । यसरी हेर्दा राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरी हो भन्ने त घाम जत्तिकै छर्लङ्ग छ ।
फेरि यदि राई साँच्चै नेपालको एक जात वा जाति नै हो भने, राईको ऐतिहासिक भूमि कहाँ छ ? राईको वंश को हो ? राईको आफ्नो छुट्टै मातृभाषा कुन हो ? अथवा राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु र अन्य राईवाला राई सर र राईनी म्याडमहरुले भने झै यदि राई एक जात वा जाति हो र, राईको २८ वटा मातृभाषा हुन्छ भने, त्यसरी पछि यो पद वा पगरी किरातीहरुले मात्रै नपाएर बाहुन, क्षेत्री, मगर, गुरुङ, माझी, दनुवार, नेवार आदिले पनि पाए ।
त्यसरी हेर्दा राई, सुब्बा, मुखिया देवान आदि जात वा जाति नभएर पदवी वा पगरी मात्रै हो, त्यसो भएकोले हामी कथित् राई जाति होइनौं/राई जाति मान्दैनौं ! भन्ने कुलुङ लगायत किरातीहरुका अगुवाहरुलाई (खासमा एक जना व्यक्तिलाई आक्षेप लगाएर) डलर खान मात्रै राई राई ! फुटाउन खोजेको, अहिले जसले राई होइन भन्दैछ, उसको नागरिकता र तीनपुस्तेमा समेत राई रहेको ! भनी कूतर्क गरेका छन् अर्थात् गणेश राई ज्युको लेखको आशय देखिन्छ ।
तर, आदिवासी जनजाति हुनलाई नागरिकता नभएर सम्बन्धित जातजातिको ऐतिहासिक भूमि, मातृभाषा, वंश, परम्परा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, हामी भन्ने भावना आदि हुनुपर्छ, नकि नागरिकता र तीनपुस्ते ! त्यसैले यो लेखको मकसद भनेको विदेशी डलर कसले खान्थ्यो ? राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) र तिनका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कि ? राई जात होइन, त्यसैले हामी हाम्रो असली पहिचान कुलुङ, नाछिरिङ, बाहिङ, चाम्लिङ, मेवाहाङ, लोहोरुङ, बान्तावा, याम्फु भ
चिनिन चाहने कुलुङे ढाक्रेहरुले ? भन्ने नै हो ।
राईको ऐतिहासिक भूमि कहाँ छ ? राईको वंश को हो ? राईको आफ्नो छुट्टै मातृभाषा कुन हो ? राईको २८ वटा मातृभाषा हुन्छ भने, २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कोही राई/राईनी छन् ?
हुन त लेखक गणेश राई ज्यु एक शुद्घ ! लेखक मात्रै नभएर कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र रजिस्टर्ड नम्बर–३२८/०४९’०५०) को केन्द्रीय सदस्य र सचिवसमेत भैसकेका व्यक्ति हुन् भने, कान्तिपुर दैनिक जस्तो निजी क्षेत्रको स्थापित पत्रिकाका पत्रकार पनि हुन् । त्यसैले गणेश राई ज्युले कथित् राई जातिको वकालत गर्नु ठूलो कुरो भएन । तर, विसं २०६८ मा केन्द्रीय तथ्यांक विभाग (केतवि) ले गरेको ११ औं जनगणनाको समाचार लेख्ने र रिपोर्टिङ गर्ने तरिका भने अचम्मकै थियो । किनभने, उनले समाचारमा केतविले सूचीकृत कथित् ५९ जातिको मात्रै तथ्यांक बाहिर ल्याउनुपर्ने आशयको समाचार दिन्थे/लेख्थे ।
यसरी हेर्दा गणेश राई ज्यु लगायत राईवाला सर म्याडमहरुको इन्टेन्सन भनेको विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिको रुपमा आउन लागेका (हाल अलग्गै जातिको रुपमा उल्लेख भएको छ) कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, आठपहरिया, खालिङ, थुलुङ, नाछिरिङ, बान्तावा लगायत १२ वटा किराती जातिहरु अलग्गै जातिको रुपमा नआउन्, उनीहरुलाई जसरी पनि राईमै गाभ्न सकियोस् ! भन्ने थियो । त्यसैले गणेश राई ज्युको समाचारको आशय पनि सोहीअनुसार हुन्थ्यो ।
त्यसैले गर्दा ्त्यसरी जनगणना सम्बन्धी समाचार बनाउने क्रममा गणेश राई ज्युले कथित् राई जातिवालाहरुको भनाइ मात्रै एकतर्फी रुपमा राख्थे । किन र के–कति कारणले राई जात होइन ? त्यसरी राई जात होइन भन्नेहरुको भनाइ भने कहिल्यै पनि राखेनन् । जबकि पत्रकारिताको सामान्य सिद्यान्त र धर्मअनुसार पनि दुबै पक्षको भनाइ (जस्तै राई जातै हो, जसले राई जात होइन भन्दैछ, उसको नागरिकातामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ ! भन्ने र राई जात होइन, किनभने, राई भनेको नेपालको भगौलिक एकीकरणपछि शासकहरले दिएको पदवी वा पगरी मात्रै हो भन्ने) राख्नु पथ्र्यो कि ? भन्ने यो केही नजान्ने कुलुङे ढाक्रेको जिरह हो । यसरी एकतर्फी समाचार बनाउने क्रममा एकपटक त गणेश राई ज्युले आफ्नो समाचारमा ‘–बान्तावाहरुले अलग्गै जातिको रुपमा लेखे पनि उनीहरु राई समूहकै एक भाषिक समूह हो ….. भनी लेखेका थिए ।
तर, गणेश राई ज्युले बुझ्नु पर्ने कुरो के हो भने, यदि राई साँच्चै नेपालको एक जात वा जाति नै हो भने, राईको ऐतिहासिक भूमि कहाँ छ ? राईको वंश को हो ? राईको आफ्नो छुट्टै मातृभाषा कुन हो ? राईको २८ वटा मातृभाषा हुन्छ भने, २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कोही राई/राईनी छन् ? त्यसरी २८ वटा राईको भाषामा खररर … बोल्न सक्ने केही राई/राईनी छन् भने गणेश राई ज्यु लगायत अन्य राई सर र राईनी म्याडमहरुले २८ वटा मातृभाषामा बोल्न सक्ने राई/राईनी देखाउन सक्नु पर्यो भन्ने यो केही नजान्ने कुलुङे ढाक्रेको जिरह हो ।
त्यसो त विसं २०६२ को कुनै महिना (मंसिर–पुस–माघ) मा कुलुङ भाषाको पाठ्यक्रममा कुलुङ समुदायले टाउकामा राईको फुर्को झुन्ड्याउन नमान्दा कथित् राई ! जातिका प्रमुख/अध्यक्ष (एमबीई कुलबहादुर राई) ले सानो ठिमीस्थित पाठ्क्रम विकास केन्द्रको कार्यकक्षमै भनेका थिए –‘कोदोको ढिडो खान नपाउने तिमी कुलुङे ढाक्रेहरु ! दुई चारजना काठमाण्डौ आएर फूईँ लगाउने ! तिमीहरुलाई मेरो जिन्दगीभरिको कमाई खर्च गरेर, कुलुङ नै लगाएर सिध्याउँछु !’ भन्ने एमबीई कुलबहादुर राई, आफुलाई अध्यक्ष पदबाट हराउने बित्तिकै किन आफ्नै घर (काठमाण्डौ, बाँसबारी) मा रहेको कथित् राई जातिको अफिस तुरुन्तै हटाउन लगाए ? किन हाल आएर कथित् राई जातिको नाममा खुलेको, आफु पनि केही कार्यकाल अध्यक्ष भएको राई यायोक्खा नामक एनजिओलाई सुको दिँदैनन् ? तर, आफ्नो (बान्तावा) जातिको लागि भने जतिखेर पनि मुठी खोलेर सहयोग गर्छन् ? कान्तिपुर दैनिक जस्तो धेरै बिक्ने र अरु दैनिकहरुभन्दा बढी नै ठाऊँमा पुग्ने पत्रिकामा कार्यरत पत्रकार (गणेश राई) ज्युले यसबारेमा पनि छुट्टै समाचार, फिचर वा लेख लेख्नु होला भन्ने यो ‘केही नजान्ने कुलुङे ढाक्रे’ले आशा गरेको छ ।
त्यस्तै गणेश राई ज्युले आफ्नो लेखमा विसं २०५८ को १० औं जनगणनामा ३ लाख ७१ हजार चानचुन भएको राई ! भाषा विसं २०६८ को ११ औं जनगणनामा १ लाख ५९ हजार चानचुन मात्रै भएपछि ३ दिन ३ रात निन्द्रा नलागेका र, असलीयतमा आफु चाम्लिङ तर, डाक्टरीचाहिँ बान्तावा जातिको भाषा ! मा गरेका डा. नोवेलकिशोर राईको पनि भनाइ राखेका छन् । तर, गणेश राई ज्यु भने बिरालोले आफ्नो विष्टा माटोमुनी खनीखनी लुकाए झै यी सबै वास्तविक तथ्यहरु लुकाउँदै जसले राई होइन भन्दै छ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ भन्दै लेख्न छाडेका छैनन् ।
कुलुङ जातिमा पनि सबैले राई जात वा जाति होइन, पदवी वा पगरी मात्रै हो भन्नेमा प्रस्ट छन् भन्ने होइन । जस्तै राई जात वा जाति नभएर शासकहरुले दिएको पद वा पगरी हो भनेर जान्दाजान्दै पनि कुलुङ समुदायमा कुलुङकै अस्तित्वमा असर पुर्याइ खाने मकरध्वोज, दुर्पध्वोज, भुपध्वोज, डीबी सरोज, राजेश लगायतका व्यक्तिहरु छन् । ती मध्ये भुपध्जोजले त ‘कुलुङ संस्कृति एक अध्ययन’ नामक किताबमा राई जात वा जाति होइन, तालुकदारी वा पद/पगरी मात्रै हो भनेर प्रस्टसँग लेखेका छन् ।
सुरुमा हामीलाई (यो पंक्तिकारलाई पनि हामी राई होइनौं, कुलुङ हौं, राई त जात जात होइन, पद वा पगरी मात्रै हो भनी प्रशिक्षण दिने व्यक्ति पनि ती भुपध्वोज नै हुन् । हुन पनि उनले लेखेको कुलुङ संस्कृति एक अध्ययनमा उनले राई/तालुकदारको घरमा काम पर्दा रैतीहरुले घर लौरी गएर सित्तैमा काम गरी दिनुपर्ने, दसैंमा रैतीहरुले जात अनुसारको कोसेली लिएर राईको घरमा टिको लगाउन जानुपर्ने, रैतीहरुले सिकार मारेर ल्याएमा त्यस्ता राई वा तालुकदारलाई बिलो (सित्तैमा मासु) दिनुपर्ने, जग्गा–जमीन र खर्कको तिरोभरो राईलाई बुझाउनुपर्ने, पाहाकुर, महकुरको पनि कर राईलाई नै बुझाउनुपर्ने अदि बारे प्रस्टसँग लेखेका छन् । उहिलेका बुढापाको एक बारको जुनीमा ‘बाँच्नु मात्रै पर्छ अनेक देखिन्छ !’ भनेर त्यसै भनेका होइन रहेछ । किनकि, पछि तिनै भुपध्वोज १० हजार नेपाली रुपैंयाको लागि राई भएर राईवालाहरुको एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) गए । उनले मदनेश्वरी राई पुरस्कार पनि पाए ।
खासमा कथित् राई जातिको अस्तित्व रहेन भने राईको नाममा विदेशमा रहेका जस्तै हङकङ, बेलायत, इटली, जर्मनी फ्रान्स, बेल्जियम आदि युरोपेली देश अनि अमेरिका, जापान, साउदी अरब, युनाइटेड अरब इमिरेट्स् (युएइ), बहराइन, कतार, कुवेत, ओमन, अष्टे्रलिया, दक्षिण कोरिया, थाइलल्यान्ड भारत, भुटान आदि देशमा रहेका र बेलायती सेना, सिंगापुर पुलिस र ब्रुनाईको राजप्रासादमा काम गर्ने वर्तमान र भूपू मामा–माइजुहरु लगायतबाट हरेक वर्ष गतिलो रमक उठ्ने गरेको रकम उठ्न छोड्छ ।
त्यसैले गणेश राई ज्यु लगायत डा. भक्त राई, चन्द्रकुमार हतुवाली राई, डा. नोवेलकिशोर राई, डा. तारामणि राई, डा. खगेन्द्र राई, भोगीराज राई, पदम राई, वसन्त राई, जयकुमार राई, राजेश राई, अर्जुन जम्नेली राई, सुमाया राई लगायत राई सर र राईनी म्याडमहरुले राई के हो ? भन्ने बारेमा तथ्य, प्रमाणसहित वास्तविक कुरो लेख्नु हुने छ भन्ने आशा गरौं ।
यसै प्रसँगमा भन्नु पर्दा राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरुमध्ये एक र विसं २०६१/०६२ ताकाका कथित् राई जातिको संस्था हौं भन्नेहरुको एनजिओका तत्कालीन अध्यक्ष एमबीई कुलबहादुर राईले (खासगरी आफुलाई हराएपछि) किन आफु घरमा राखेको कथित् राई जातिको एनजिओको कार्यलय तत्कालै हटाउन उर्दी जारी गरे ? कुनै बेला आफै हर्ताकर्ता भएको राई यायोक्खा नामक एनजिओलाई हाल आएर किन एक सुको दिँदैनन् ? अनि एमबीई कुलबहादुर राईले आफ्नो जाति (बान्तावा जाति) का लागि भने जहिले पनि मुठ्ठी खोलेर सहयोग गर्छन् ? गणेश राई ज्यु लगायत राईवादीहरुले यस विषयमा पनि धेरथोर लेखेमा यो केही नजान्ने कुलुङे ढाक्रे आभारी हुने थियो । तर, मै हुँ भन्ने राई सर राईनी म्याडमहरु यस बारेचाहिँ चँु सम्म गर्दैनन् !
अबका दिनमा गणेश राई ज्यु लगायत राई सर र राईनी म्याडमहरुले कुलुङ लगायत किरातीहरुलाई डलर खान मात्रै राई फुटाउन लागेका हुन्, नत्र उनीहरुको नागरिकता र तीनपुस्ते हेर्दा भैहाल्छ ! नभन्नु होला । विगतमा राई यायोक्खा नामक एनजिओ र तिनका हर्ताकर्ताहरुले कथित् राई जातिको नाममा डीफीड, डानिडा–ह्युगो, सीसीओ, जाइका, नर्वेजियन फन्ड, जीटीजेड, युएसएड, युकेएड आदिबाट पाउन्ड, येन, क्रोन, युरो, डलर आदि ल्याउँदै खाएको बिल भर्पाई र प्रोजेक्टका लागि लेखेको प्रतिवेदनहरुको प्रतिहरु सुरक्षित छ, छैन ? (विसं २०६५/०६६ ताका यो पंक्तिकार कोटेश्वर महादेवस्थानमा रहेको यायोक्खाको कार्यलय जाँदा एक जना राईको संयोजकत्वमा एनजिओ को–अर्डिनेसन कमिटिको नेम प्लेट नै देखेपछि सो बारेमा पनि यो पंक्तिकारले विभिन्न पत्रपत्रिकामा लेखेको थियो ।
त्यसपछि यायोक्खाले सो कमिटिलाई देखिने गरी परिचालन गर्न छाड्यो । राई यायोक्खाको वास्तविकता यस्तो छ । राई यायोक्खाका हर्ताकर्ताहरु अनेक हर्कत आफुगर्छन्, नाना किसिमका फत्तुरचाहिँ कुलुङ समुदायका अगुवाहरुलाई लगाउँछ । नेपालमा सूचनाको हक पनि लागू भैसकेको हुँदा कसैले चासो लिएर वा जान्न, हेर्न वा बुझ्नु चाहेमा राई यायोक्खा नामक एनजिओ र तिनका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा विगतमा (हाल त्यसरी विदेशी दानापानी आउन लगभग सबै जातीय संघ–संस्थामा बन्द भएको छ) डीफीड, डानिडा–ह्युगो, सीसीओ, जाईका, नर्वेजियन फन्ड, जीटीजेड, युएसएड, युकेएड आदिबाट पाउन्ड, येन, क्रोन, युरो डलर आदि ल्याउँदै खाँदै गरेको हर–हिसाव देखाउन कर लाग्छ ।
यो केही नजान्ने कुलुङे ढाक्रेको सुझावलाई मनन् गर्नु हुन, किनभने खस नेपाली भाषामा अर्ति भनेको … को पनि सुन्नु ! भन्ने भनाइ जो छ त्यसैले गणेश राई ज्यु लगायत डा. भक्त राई, चन्द्रकुमार हतुवाली राई, डा. नोवेलकिशोर राई, डा. तारामणि राई, डा. खगेन्द्र राई, भोगीराज राई, पदम राई, वसन्त राई, जयकुमार राई, राजेश राई, अर्जुन जम्नेली राई, सुमाया राई लगायत राई सर र राईनी म्याडमहरुले राई के हो ? भन्ने बारेमा तथ्य, प्रमाणसहित वास्तविक कुरो लेख्नु हुने छ भन्ने आशा गरौं ।
( यो लेख केही परिर्वतन गरेर र, शीर्षक फेरेर फेरि पठाएको छु । किनभने, राई के हो ? भन्ने बारेमा आम किरातीहरुमाझ धेरै भन्दा धेरै बहस र छलफल होस् भन्ने मेरो इरादा छ । ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९, kehinajannekulung@gmail.com)