Logo

छैटौ उदयपुर गोल्डकपको मिती र खेल तालिका सार्वजनिक, संकटा सहित ८ टिमको सहभागी हुँदै


छैटौ रमपम उदयपुर गोल्डकपको मिती, खेल तालिका र टिमहरू सार्वजनिक भएको छ । मुल आयोजक समितिले आज मंगलबार पत्रकार सम्मेलन गर्दै खेलको मिती तालिका र टिमहरू सार्वजनिक गरेको हो ।

जेठ ३२ गते देखी असारको ७ गते सम्महुने खेलमा ८ टिम सहभागी हुने गोल्डकपमूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए ।

आयोजक टिम उदयपुर ११ सहित सशस्त्र प्रहरी बल(एपीएफ)काठमाडौ, न्यू स्टार क्लब सुनसरी, झापा फुटबल क्लब झापा ११, मोरंग ट्रेनिंग सेन्टर मोरंग, नेपाल पुलिस क्लब काठमाडौ, गोर्खा ब्वाईज क्लब रूपन्देही र संकटा क्लब काठमाडौ रहेका छन ।

थरहट उदयपुर रंगशाला गाईघाटमा संचालन हुने प्रतियोगितामा उद्घाटन खेल सशस्त्र प्रहरी बल(एपीएफ) र न्यू स्टार क्लब सुनसरी बीच हुने आयोजकले बताएको छ ।यस्तै आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार दोस्रो खेल असार १ गते उदयपुर ११ र झापा फुटबल क्लब बीच हुने छ ।

तेस्रो खेल असार २ गते मोरंग ट्रेनिंग सेन्टर मोरंग र नेपाल पुलिस क्लब काठमाडौ र चौथो अर्थात प्री क्वाटरफाइनलको अन्तिम खेल असार ३ गते गोर्खा ब्वाईज क्लब रूपन्देही र संकटा क्लब काठमाडौ बीच हुनेछ ।

प्रतियोगिताको एन्फाका अध्यक्ष कर्मा छिरिंग शेर्पाले उद्घाटन गर्ने र असारको ७ गते फाइनल खेल संगै मुख्य मन्त्री शेरधन राईले प्रतियोगिताको समापन गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिले ५औ गोल्डकपको आयब्याय बिरबरण पनि सार्वजनिक गरेको छ । यस्तै आयोजकले छैटौ गोल्डकपको अनुमानित आयब्याय रकम पनि सार्वजनिक गरिएको छ ।

रमपम र उदयपुर सिमेनटले मुख्य प्रायोजन गरेको प्रतियोगितामा बिजयी टिमलाई ५ लाख र दोस्रो टिमलाई ३ लाख पुरस्कार निर्धारण गरिएको अध्यक्ष चौधरीले बताए । यस्तै खेल प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट खेलाडीलाई ५० हजार बराबरको एलजी टिभी दिने आयोजकले जनाएको छ ।

खेल प्रत्येक दिन दिउसो ३ बजे देखी हुने र प्री क्वाटरफाइनल खेलको लागी रु ५० रूपैया, सेमीफाइनल खेलको लागी रु १०० र फाइनल खेलको लागी रु २०० को टिकट लाग्ने आयोजकले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्