Logo

शंखमुलमा भएको आगलागीमा एक जना घाइते


काठमाडौं । काठमाडौंको शंखमुलमा रहेको शानदार मःमः पसलमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा रामकृष्ण बुढाथोकी छन् । विष्फोटपछि आगो निभाउने क्रममा बुढाथोकीको अनुहार र दाहिने हातमा चोट लागेको हो ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार उनको कीर्तिपुर मोडल अस्पतालमा उपचार भइरहेको छ ।

काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानले ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको देखिएको छ । उक्त पसल टेकनारायण र हिरानायण श्रेष्ठले सञ्चालन गरेका थिए ।

आगलागीबाट करिब २५ लाखको क्षति भएको अनुमान गरिएको छ । थप अनुसन्धान जारी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्