अखिल नेपाल फुटबल संघ एन्फाको अन्तर्राष्ट्रिय सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले दिए राजीनामा
अखिल नेपाल फुटबल संघ एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि बनाएका बिभिन्न समिति मध्ये महत्पूर्ण मानिएको अन्तर्राष्ट्रिय समबन्ध तथा सल्लाहकार समितिका संयोजक रहेका पाण्डेले साेमबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।एक विज्ञप्ति प्रकाशित गरेर पाण्डेले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले एन्फामा काम गर्दा अझ नजिकबाट नेपाली फुटबललाई बुझ्ने मौका पाएको भन्दै आगामी दिनमा पनि सधैं साथ रहने उल्लेख गरेका छन् । उनको नियुक्ति भएपछि गैर आवसीय नेपालीलाई एन्फाको सल्लाहकार बनाएको भन्दै नेतृत्वको आलोचना भएको थियो ।