नेकपा भोजपुरका १ सय ३७ जनाद्धारा शपथ
भोजपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले भोजपुरका १ सय ३७ जनालाई प्रदेश नं १ का पार्टी संयोजक भिम आर्चायले शपथ ग्रहण गराएका छन् ।
जेठ २७ गते सोमबार आर्चायले जिल्ला सदरमुकाम स्थित सामुदायीक भवनमा औपचारीक कार्यक्रम गरी शपथ ग्रहण गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादि एकता भएको १३ महिनापछि जिल्ला कमिटिलाई शपथ ग्रहण गराइएको हो ।
जिल्ला कमिटिमा अध्यक्ष प्रेम कुमार राई, सचिव विमल खड्का सदस्य देविराम चौलागाई, शरणकुमार राई, विरजंग राई, लगायत १ सय ३७ सदस्य समितिलाई एकसाथ शपथ ग्रहण गराईएको सचिव विमल खडकाले बताएका छन् ।
पार्टी एकिकरण पश्चात सरकार गठन साथै दुवै दलका नेताहरुलाई मिलाउने क्रममा प्रदेश, जिल्ला, स्थानीय तथा वडा कमिटि गठन गर्न केहि समय ढिलो भएको प्रदेश नं १ पार्टि संयोजक आर्चाले बताएका छन् ।
उनले भने ‘पार्टिको आन्तरीक विधि, विद्यान, समझदारी, सम्झौता लगायत विविध कारणले कमिटि गठन ढिला भयो तर विवाद रहित भएको छ ।
देशमा दुईतिहाईको सरकार बन्यो, अव देश विकासमा सम्पुर्ण नेपाली युवा, युुवती लगायत सवै एकसाथ आ–आफनो ठाउँबाट जुट्न आवश्यक रहेको छ ।