Logo

सईले यौन दासी बनाउदै गरेको श्रीमतिको लागी न्याय दिलाउन एक श्रीमान् संर्घषरत


काभ्रे । श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् ।

समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु ।

उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक ९सई० रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमान्ले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब त्यसो नगर्नुस्, मेरो घर परिवार सबै विग्रन्छ’–श्रीमान्ले भने–‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रच्यो ।’

श्रीमान्ले भने– ‘कतिसम्म भने भाटभटेनी सुपरमार्केटमा काम गर्ने एक महिलालाई हुँदै नभएको घटना बनाएर बानेश्वर प्रहरी चौकीमा जर्बजस्ती करणीको उजुरी गराए । महिला आफैले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगाएको बताएपछि उल्टै प्रहरीले हप्काएर पठायो । त्यसको कागज अझै सुरक्षित छ ।’

प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफी माग्दै लिखित कागज गरेका सई यादवले पेस्तोल देखाउँदै म र मेरो श्रीमतीलाई अलग गराउने षढ्यन्त्र गरे । हामी दुबैले त्यो षढ्यन्त्र पूरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दियांै ।’

प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएपछि हिरासत भित्रैबाट सई यादवले श्रीमान्–श्रीमतीबीच झगडा गराउने योजना बनाए । ‘२०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुबै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ ।

मुद्दा चलुञ्जेल उनीहरु धुलिखेलमै अड्डा जमाएर बसेका छन् । शनिबारको दिन म पनि विदा लिएर धुलिखेल गएको थिएँ । मैले रक्सि पनि खाएकोे थिईन । मलाई उल्टै रक्सि खाएको भन्दै केही लठैत पठाएर कुटपिट गरे ।

हामीलाई यादवको मुद्दा फिर्ता लिएर मिल्न दबाब दिएका छन् । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुबैलाई मारिदिन्छु भन्ने धम्की पनि आइरहेको छ’–श्रीमान्ले भने ।

श्रीमान्ले जानकारी दिए, सई यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत छन् । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमविविएस पढ्दै छन् । ‘तीन छोरीको विवाह गरी नाति नातिना भइसकेका यादवले मेरी श्रीमतीलाई पटक–पटक मानसिक, शारीरिक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं ।’

‘श्रीमतीले कि मर्नु र कि श्रीमानलाई भन्नु बाहेक अर्को उपाय नदेखेपछि म सँग भनिन’–उनले भने–‘मर्दापर्दा साथ दिने हामी दुई मात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय गरेका हौं । म उनलाई जस्तो अवस्थामा पनि साथ दिन्छु उनले पनि त्यहि कसम खाएकी छिन्’–उनले भने ।

श्रीमान्ले आँखाभरि आँसु पारेर भने, ‘म टुहुरो हुँ, नेपाली सेनाको सिपाही पदमा कार्यरत छु । अफिसकै सहयोगले अन्याय विरुछ लड्न सक्ने क्षमता बढेको छ ।’

रामविनोदय राय यादव विरुद्ध नक्सालमा भएको जर्बजस्ति करणीको अभियोगमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा चलिरहेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्