Logo

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव भब्यताको साथ सम्पन्न


काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०६७” सम्पन्न भएको छ ।

महोत्सवको अन्तिम दिन चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । २० वटा चलचित्र मध्येबाट बिभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो ।

जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ उत्कृष्ट घोषित भयो भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट भयो ।

त्यस्तै अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जिते ।

त्यसैगरी उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले उपाधि हात पारे भने उत्कृष्ट चलचित्र ‘के'(च्याब्रुङ)ले उपाधि जित्न सफल भएको छ ।

त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”ले प्राप्त गरेको छ । सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए ।

उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजित राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्