Logo

सामाजिक सञ्जाललाई चीनले अस्त्रीकरण गर्ला ?


औपचारिक बजेटमा कम देखाइए पनि चीनले एक सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट आन्तरिक सुरक्षाका लागि छुट्ट्याएको छ । अनुसन्धान र विकासलगायतका नदेखिने खर्च वा प्रतिरक्षा खर्चमा त बजेटको वास्तविक रकम योभन्दा धेरैले बढी छ ।

अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ भन्ने देखाइरहेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि आन्तरिक स्थायित्व कायम गर्ने र अन्तर्राष्ट्रियस्तरमा चम्किरहेको चीनको छविलाई जोगाउने चीन सरकारको नीति रहेको बताएका छन् ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै युरोपेली अधिकारीले पनि यस्तै भूमिकाको खोजी गरिरहेका छन् । तर यस खालका कुरामा ध्यान दिनेमा युरोपेली मात्र छैनन् । चीनका नेता पनि क्रेमलिनको सफलताबाट के सिक्न सकिन्छ भनेर सोचिरहेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङलाई आन्तरिक स्थायित्व कायम गर्नु उच्च प्राथमिकताको विषय हो । यो विषयले चीनको वार्षिक बजेटमा आन्तरिक सुरक्षालाई महत्व दिएको छ । औपचारिक बजेटमा कम देखाइए पनि चीनले एक सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट आन्तरिक सुरक्षाका लागि छुट्ट्याएको छ । अनुसन्धान र विकासलगायतका नदेखिने खर्च वा प्रतिरक्षा खर्चमा त बजेटको वास्तविक रकम योभन्दा धेरैले बढी छ ।

उदाहरणका लागि चीनले सामाजिक सञ्जालदेखि क्रेडिट कार्डबाट हुने खर्चलाई अनुगमन गर्न प्रविधिको ज्ञान र ठूला तथ्यांक कसरी प्रयोग गर्ने भन्नेबारे अध्ययन गरिरहेको छ । सबै नागरिकलाई सामाजिक विश्वसनीयताको मूल्यांकन गर्न र सम्भावित समस्याका कडीलाई खोज्न प्रविधिको दायरा अघि बढाउने योजना सारेको छ । सरकारको अरेबियन रणनीतिअनुसार सामाजिक सञ्जालमा के भनियो भन्ने विषयलाई नियन्त्रण गर्ने मात्रभन्दा राज्य तथा यसको वरपर कसरी सूचना प्रवाह भइरहेको छ भन्ने विषयलाई महत्व दिइने गरेको छ ।

यसबाहेक सरकारले प्रविधिजन्य कम्पनीलाई नयाँ कडा कानून र साइबर सुरक्षा अनुसन्धानको दायरामा ल्याइरहेको छ । सीका लागि क्रेमलिनले फेसबुक तथा ट्वीटरलाई दुरुपयोग गरेजस्तै गर्ने सहजताका लागि सामाजिक सञ्जालमा चीनको राम्रो पकड हुुनु जरुरी छ । चीन सरकार विच्याट, वैवो र टेनसेन्टजस्ता कम्पनीका समितिमा स्थान पाउन र यी सामाजिक सञ्जालका प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकमा पहुँच बनाउन प्रयत्नशील छ ।

चिनियाँ साइबर गुप्तचरले रसियाको सफलतालाई पनि अध्ययन गरिरहेका छन् । वास्तविकता के हो भने चिनियाँ ‘ह्याकर’सँग प्राविधिक ज्ञानको कमी छैन । उनीहरूले अमेरिकाको राष्ट्रपतीय निर्वाचन अभियानमा साइबरको हस्तक्षेप गरे, तिब्बती आन्दोलन तथा उइघुर आन्दोलनका सहभागीविरुद्ध घुसपैठ गरे । चीनका जानकार पश्चिमा विचारक तथा विश्वविद्यालयलाई आफूअनुकूल बनाए । उनीहरूले चिनियाँ नेताको सम्पत्तिका विषयमा छापिएका आकर्षक पश्चिमा समाचार समाग्रीलाई ह्याक गर्न सफल भए । अझै चिनियाँहरूले रसियाली सुगठित सेनाबाट केही सिक्नुपर्ने हुनसक्छ ।

त्यसैगरी पिपुल्स लिबरेसन आर्मी (पीएलए)का रणनीतिक विज्ञ आफ्नै साइबर युद्ध–नीतिका बारेमा क्रेमलिनको शिल्पकला सिक्न लागिपरेका छन् । चिनियाँ रणनीतिज्ञले ‘राजनीतिक कल्याण’का लागि राजनीतिक, सामाजिक तथा आर्थिक संघसंस्थालाई र खासगरी सञ्चारमाध्यमलाई लक्षितगरी रणनीति बनाइरहेका छन् । यसका लागि रसियाली राज्यद्वारा लगानी गरेका आरटी र स्पुटनिकले दिनेजस्ता भ्रामक समाचार र षड्यन्त्रमूलक सिद्धान्त चीनका लागि शिक्षाप्रद हुनसक्छ ।

यसबाहेक चीनको साइबर क्षमतालाई फैलाउन राष्ट्रपति सीले चीनको सफ्टवेयर क्षमतालाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा सञ्चारमाध्यमको पहलमा विकास गरिरहेका छन् । उनले ती कार्यक्रमलाई अझै सुरु गरेको त पाइँदैन । तर, यसका लागि आवश्यक तयारी गरेको प्रष्ट देख्न सकिन्छ । केही समय पहिले अष्ट्रेलियाको राजनीतिमा हस्तक्षेप गरेको भनी आएका समाचारलाई लिन सकिन्छ । गतवर्ष एकजना चिनियाँ अर्बपतिसँगको सम्बन्धका कारण अष्ट्रेलियाली एक विधायकलाई राजीनामा दिन बाध्य पारिएको थियो ।

चीनले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उसको उपस्थितिलाई विस्तार गरेको छ । केही आंकलनहरूले चीन सरकारले नयाँ सञ्चारमाध्यम तथा प्रशारण सामग्रीमा प्रत्येक वर्ष करिब सात अर्ब लगानी गर्ने गरेको बताइन्छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीले विश्वभर १७० जति शाखामार्फत् विभिन्न आठ भाषामा समाचार छाप्ने गरेको छ । चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) का ७० वटा विदेशी कार्यालय छन् जसले विभिन्न छ भाषामा विश्वका १७१ देशमा समाचारको पहुँच पु¥याएका छन् । चाइना रेडियो इन्टरनेशनल बीबीसीपछि विश्वको सबैभन्दा ठूलो रेडियो प्रशारण सेवा बनेको छ । यसले विश्वभर ९० रेडियो स्टेशनमार्फत ६४ भाषामा समाचार प्रसारण गर्छ ।

हुन त यी कुनै पनि सञ्चारमाध्यम अन्तर्राष्ट्रिय समाचारको प्रमुख स्रोतका रूपमा स्थापित बनिसकेका छैनन् तर मध्यपूर्व तथा अफ्रिकालगायतका क्षेत्रका मानिसलाई सूचना दिने महत्वपूर्ण स्रोतका रूपमा यी सञ्चारमाध्यमले चीनको विचार प्रस्तुत गर्ने गरेका छन् । जसका कारण चीनप्रति सहानुभूति राख्ने जनसङ्ख्यामा विस्तार भएको छ । चीनले अष्ट्रेलियाली, अमेरिकी तथा युरोपेली पत्रिकामा ‘स्वदेशी विज्ञापन’ दिनेगर्छ । यसले चीनलाई साउथ चाइना सीजस्ता विवादास्पद विषयमा लेखकको आधिकारिक भनाइ राख्ने स्थान प्राप्त भएको छ ।

सीले सिनेमा तथा आम मनोरञ्जनका सामग्रीमा लगानी गर्ने विषयमा सहमति दिएर चीनको रीतिरिवाजलाई विश्वभर चिनाउन अग्रसरता देखाएका छन् । अलिबाबा, टेन्सेन्ट, होनी क्यापिटल तथा सरकारी चिनियाँ इन्टरनेट तथा वित्तीय कम्पनीले अमेरिकी सिनेमा क्षेत्रमा दशौँ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । यसरी चीनले विश्व अर्थबजारमा आफ्नो प्रवेशलाई सहज बनाउँदै आफ्नो सञ्जाललाई विश्वभर फिँजाउन सफल भएको छ ।

यसले प्रश्न उब्जाएको छ कि यदि रसियाले कुनै यस्ता निकट व्यावसायिक सम्बन्धबिना नै अमेरिकी निर्वाचनलाई प्रभाव पार्न सक्छ भने आगामी केही वर्षमा चीनले के गर्न सक्ला ? चीनको चासो खाली व्यापार र नाफामा मात्र छ भन्ने सोच्नु हालै हलिउडका एकजना प्रबन्धकले भनेझैँ साह्रै खतरनाक र सिधापनबाहेक केही हुनेछैन ।

(केन्ट ह्यारिङ्टन अमेरिकी गुप्तचर संस्था, सीआईएका पूर्व वरिष्ठ विश्लेषक हुन् । उनले पूर्वी एसियामा नेशनल इन्टिलिजेन्स अफिसर, एसियाको स्टेशन प्रमुख र सीआईएको सार्वजनिक सम्बन्ध विभागका निर्देशकका रूपमा सेवा गरेका थिए ।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्