चक्लेट भन्दै छात्रालाई उत्तेजना बढाउने औषधी शिक्षकको यस्तो हर्कत
सुर्खेत । शिक्षकको काम भनेको विद्यार्थीलाई पढाउने हो । विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाउने ठाउँ हो । तर यस पनि शिक्षक हुन्छन जो कक्षामा भएका आफ्नै विद्यार्थी छात्रालाई यौनको रुपमा प्रयोग गर्न खोजीरहेका हुन्छन् ।
घटना सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविको हो । कक्षा सातमा अध्ययन गर्दै गरेका दुई छात्रालाई शिक्षकले चक्लेट भन्दै यौन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गरेका छन् । छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ परेका छन् ।
शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन् । पीडित छात्राको भनाइ उद्धृत गर्दै प्रहरी भने, ‘सरले चैत ३ को साँझ पाँच बजेतिर मिठाइ खाउ भनेर दिए पनि नखाएर दाइलाई देखायौं ।’
प्रहरीसँगको वयानमा छात्राले शिक्षक शर्माले औषधि खायौ कि नाई भनेर पटक–पटक कोठामा आउँदै सोधेको र राति कराएपछि फेरि नआएको बताएकी छन् ।
चैत ४ मा छात्राका दाइ पर्नेले थाहा पाए पछि उक्त घटना प्रहरी चौकीमा पुगेको हो । उजुरीपछि प्रहरीले शिक्षक शर्मालाई प्रक्राउ गरेको थियो ।शिक्षक शर्माले औषधि दिएको स्वीकार गरेको प्रहरीले बताएको छ । शर्मा पक्राउ परेसँगै स्थानीयले कडा कारवाहीको माग गरेका छन् ।
आरोपीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ । घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।



