सरिता खडका

काठामाण्डौ- ‘नाम बदलिन्छ’ मर्मस्पर्श मिठो गित बजारमा आएको छ । पुर्बेली जुनताराको अफिसियल युबट्युबबाट च्यानलबाट  सार्वजनिक गरीएको हो ।

‘नाम बदलिन्छ यहाँ’ गितमा स्वर बानिका प्रधान, शब्द राम रेप्चोङ राई र संगित युबा संगीतकार आश कुमार राईले गरेको हुन । त्यसैगरी यस गितमा एरेन्जर लाहाङ सुब्बा, रेकर्डिष्ट राजेश श्रेष्ठ र मिक्सिङ किशोर थापाको रहेको छ भने यस गितलाई ‘अनुबाद’ एल्बममा समाबेश गरिएको छ ।

यस गितको भिडियो परिकल्पना प्रीयजन राई, छायाङ्कन समिर राई र भिडियो सम्पादन मनिश कार्किले गरेको हुन । सांगेतिक क्षेत्रमा सफलताको लागी अभ्यास, निरन्तरता र लगनशिलताको जरुरी हुन्छ, त्यो कुरा संगीतकार आश कुमार राईमा देखिएको छ ।

युबा संगीतकार आश कुमार राई भन्छन “संगीत मेरो प्राण हो, साधना कर्म । त्यसैले न छोड्न सक्छु, न टाढै रहन सक्छु ।’ अहिले नेपाली गीत संगीत आकाशमा धेरै ताराहरु उदाउने क्रम निकै तिब्र छ। यसै ताराहरुको भिडमा एउटा ताराको नाम हो युबा संगीतकार आश कुमार राई ।

नेपाली गीतसंगीत क्षेत्रमा जीवन समर्पित गर्छु भनेर आएका यी संगीतकार अहिलेको जनमानसमा निकै लोकप्रिय हुदै गईरहेका छन् । निकै लामो समयको साधना र मेहेनत पछि आफु अहिले यस क्षेत्रमा उभिएको कुरा उनले बताएका छन् ।

भिडियो सहित