१८०० ट्यांकरले‘क्यालिब्रेसन’बिनै इन्धन ढुवानी गर्दै आएको खुलसा
नेपालको कानुनअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएका छन् ।
इन्धन ढुवानी गर्न नेपाल आयल निगमबाट अनुमति लिएका करिब १९ सयमध्ये एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार निगमबाट अनुमति लिएका एक सय ट्यांकरले मात्र यो वर्ष क्यालिब्रेसन गराएका छन् ।
ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो ।