एजेन्सी । अप्रिल २४ मा रिलिज भएको फिल्म एभेन्जर्स इण्डगेमले जेम्स क्यामरुनको टाइटानिकलाई जितिसकेको छ ।
जेम्स क्यामरुनकै अवतारलाई पनि जित्नसक्ने अनुमान गरिएको छ । इण्डगेम रिलिज भएको ११ औं दिनमा दुई बिलियन कमाइसकेको छ ।
तर अवतारलाई यही बराबरको रकम कमाउन ४७ दिन लागेको थियो । ६ जुनको बक्स अफिसको रेकर्ड अनुसार एभेन्जर्स इण्डगेमले २.७१६ बिलियन डलर बनाइसकेको छ ।
सन् २००९ को इपिक साइफाइ फिल्म अवतारले भने २.७८८ बिलियन डलर बनाएर विश्वको बक्स अफिसमा एकक्षत्र राज गरिरहेको छ ।
अवतारलाई जित्न अझै ७२ मिलियन डलरको आवश्यक छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
