केपिलासगढी कती बर्ष पुरानो ?
सह-प्रा. चतुरभक्त राई
यो गढी कती बर्ष पुरानो हो भन्ने लिखित दस्ताबेजहरु छैन । यद्द्यपी पृथ्बिनारायण शाहद्धारा नेपाल एकिकरण गर्नुभन्दा धेरै अहि नै नेपालको पुर्बी भागमा बिभिन्न किरात राजाहरुका राज्य र गढिहरु थिए ।
भीमसेन थापाको प्रधानमन्त्रीत्व एबम राजा रनबहादुर शाहको कालमा यस अघी राज्यमा भएको युद्दको कारण र रनबहादुर शाह स्वयम काशिमा रहदा लागेको ॠणबाट मुक्त पाउन सिपाहिहरुबाट सलामी उठाउनु परेको थियो ।
त्यसैगरी यस अघी माफिमा पाएका जग्गा, गुठी र बिता जग्गालाई हर्ण गर्नभन्दा अर्को उपा नभएकाले बि. स. १८६२ सानमा गठबिर्ता जग्गाहरण्को लालमोहर जारी भयो जसलाई ‘फासठठी हरण’ भनिन्छ ।
अर्को तथ्य गढी पुरानो भन्ने आधार दुमी बन्शमा पाईने हान नामका ब्यक्ती चङ्छङ्हाङ्को बन्शको दुतिमाहाङ्सहित १३ जना रहेको छन । यिना हाङहरुले यस केपिलासगढिमा शासन गरेका हुन भन्ने देखाउछ ।
यतिखेर कसको गुठी बिता हरण गर्ने कसको थमौती गर्ने भन्ने छुट्ट्याउने जाचकी टोली पूर्व-पश्चिम लागेका थिए । त्यसमा माझाकिरात आएको टोलितिर टोलिले गरेको बिबिध अध्यायनमा पाएको लिखित तथ्यालाई निम्न ब्यहोरामा उल्लेख गरेको छ ।
“आगे प्रताप मल्ल ले शंकर भण्डारिलाई कबिलासपुर घर याडी दियाको सध जग्गा सन्धियारको तपसिल उधेप राई-१, बिराठेकी राई-१, पृतिबल राई-१, जनासिह राई-१, अबाराय याई-१, यती पाचथर्या किरातीको जिमी हो हो भन्या पनि होइन भनुआ पनि इन्का सिर दिन्यु इनैको सही मान्याको छ ।” (नेपाल, २०४५)
यो बिर्ता जफत भयो या थमौती भयो अध्यायन गर्न बाकी छ तर यसमा उल्लेख भएको प्रताप मल्लए शंकर भण्डारिलाई कबिलासपुरा घडेरी दिएको भन्ने थथ्य मल्लकालिन हो भन्ने थथ्य स्वत सिद्द छ ।
र्, जाचकी टोलिले त्यसलाई अनुसन्धान गर्द तत्काल पाएको तथ्यागत जग्ग र त्यसको सधियारहरुमा पाचजना राईहरु रहेको कुरा उल्लेख गरिएको छ । यो केपिलासगढीसँग सम्बन्धित रहेको छ ।
केपिलास गढिको पुरानो नाम कबिलासपुर र उक्त कबिलासपुर मल्लकाल वा त्यो भन्दा अगाडी नै अस्तित्वमा थियो भन्ने देकाउछ ।
कारण कुनै जग्ग्गको नाम तत्काल राख्ने कुरा भन्दा पनि ऐतिहासिक बिकासक्रम बाट आउने बिषय हो । ईतिहासमा प्रताप मल्लको काल बि स १६९८-१७३१ हो । (भण्डारि, २०२७: ७१)
राजसिन्हासनमा बसेको समय भनेको इ. स. १६३९ हो । (शर्मा १६९५ : १६७) यो एकिकरण समय भन्दा १३६ बर्ष अघी हो । यसरि हेर्दा आह भन्दा २०७३ मा आऊपुग्दा एकिकरण भएको २४२ बर्ष भैइसकेको छ । यसलाई हिसाब गर्दा २४२+१३६=३७८ बर्ष हुन आउछ । तसर्थ यो ३७८ बर्ष अगाडिको हो भन्ने देखाउछ । (यो मुन्धुमस्टार मिडियले खोज्दै छ, सत्री तथ्य अझै)
अर्को तथ्य गढी पुरानो भन्ने आधार दुमी बन्शमा पाईने हान नामका ब्यक्ती चङ्छङ्हाङ्को बन्शको दुतिमाहाङ्सहित १३ जना रहेको छन । यिना हाङहरुले यस केपिलासगढिमा शासन गरेका हुन भन्ने देखाउछ ।
(किरात क्षेत्रका गढी किताबबाट भोगिराज चाम्लिङ र डा तारामणी राईले सम्पादन गरेको हुन्)