विर गोरखाली नेपालीको सगरमाथा चढेरै विश्व रेकर्ड कथा भिडियोमा हेर्नुहोस्
सोलुखुम्बुको विकट थामे गाउँमा जन्मिएका कामिरिता शेर्पा ४९ बर्षका भए । उनी सानैबाट सगरमाथा आरोहीको सहयोगीको रुपमा काम गर्ने गर्थे । त्यही मेसोमा उनले सानै उमेरबाट सगमाथाको आरोहण पनी गर्न थाले ।
सहयोगीको रुपमा काम गर्न थालेका शेर्पा अहिले सम्म पत्याउनै नसक्ने गरी २४ पटक सम्म सगरमाथाको आरोहण गरी सकेका छन् । उनी १२–१३ वर्षको उमेरदेखि नै पर्यटकको भारी बोकेर हिमाल चढ्न थालेका थिए । शेर्पाका अनुसार उनले पहिलो पटक २४ वर्षको उमेरमा सन् १९९४ मा सगरमाथाको चुचुरोमा पाइला टेके ।
उनले आफ्नै किर्तिमान तोड्दै एकै सातामा दुई पटक सगरमाथाको शिखर चुमेका छन् । उनी साहसी आरोहीको रुपमा अहिले परिचित छन् । पछिल्लो पटक गत जेठ १ गते सगरमाथाको चुचुरोमा पुगेका उनले त्यसको एक साता नबित्दै पुन जेठ ७ गते सगरमाथा आरोहण गरेर आफ्नै किर्तिमान भंग गरे ।
सगरमाथा चढ्छु भन्दा घरमा परिवारका सदस्यसँग झगडा हुने गरेको उनी बताउछन् । जोखीमयुक्त काम भएकाले पनि घरका सदस्यले अब पनि उनले सरगमाथाको चढेको खासै रुचाउँदैनन् । ‘सगरमाथा चढ्ने कुरो चलेपछि श्रीमतीसँग झगडा नै हुन्छ’ उनी भन्छन् ।