किरात महासंघले व्यक्तित्व सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै
महासङ्घले जेष्ठ २५ गते यस आर क्याटरिङ्ग काठमाणडौमा भब्य कार्यक्रम गर्दै छ । आदिवासी किरात महासंघले पहिचान स्थापनको लागी आज बिशेष ब्यक्तित्व स म्मान तथा सास्कृती कार्यक्र्मा २०७६ नामक कार्यक्रम भब्यका साथ हुँदै छ । उक्त कार्यक्रममा महासंघकै पहलमा जातिय पहिचान भएका यी जातिहरुलाई अल्पसंख्यक जातिको रुपमा सूचिकृत गर्न सफल भएको उपलक्षमा यस अभियानमा साथ दिनु हुने मा. श्री हेम कुमार राई(सुरविर)ज्यूलाई महासंघको आयोजनामा व्यतित्व सम्मान तथा साँस्कृतिका कार्यक्रम २०७६ आयोजना गरि नेपाल श्री सुरेश आलेमगर ज्यू नेपाल आदिवासी राष्ट्रि«य लोकतन्त्रीक महासंघको संयोजक तथा पूर्व मा. संविधान सभा सदस्यको प्रमुख आतिथ्यमा अल्पसंख्यक जातिको रुपमा पहिचान दिलाउन साथ दिनु हुने मा । हेम कुमार राई(सुरविर) ज्यूको भव्य सम्मान गरिनेछ ।
बरिष्ठ कलाकार श्री शम्भू राई, बिक्रम राई, दिपक लिम्बु, डिजे मेवाहाङ, दीप वालाहाङ राई, सविन लिम्बु, बुद्ध राई, एन्जिला बाङ्देल्, मन राज बाहिङ, क्षितिज कुलुङ, माधव कुलुङ, सम्योगान्त कुलुङ, हास्यकालकार तर्फ प्रकाश सुब्बा, दिलिप तामाङ, नृत्यमा अनुसा बाहिङ, युवा कलाकारहरुको प्रस्तुति रहनेछ भने सदस्य संस्थाहरुको तर्फबाट आआफ्नो पहिचान झल्किने साँकृतिक झाँकी सहित बृहत साँस्कृतिक कार्यक्रम हुनेछ ।
आदिवासी किरात महासंघ के हो ?
आदिवासी किरात महासंघ सम्पूर्ण किरातीहरुको छाता संस्थाको रुपमा २०६४ सालमा स्थापित महासंघ हो । महासंघ किराती महाजाति भित्रका भिन्न भाषा, भिन्न संस्कृति, भिन्न संस्कार आफ्नै मातृभूमि सहितको पहिचान भएका किराती महाजातिहरु बाहिङ, कुलुङ, लोहोरुङ, चाम्लिङ, नाछिरिङ, जेरुङ, थुलुङ, याम्फु, खालिङ, मेवाहाङ, साम्पाङ, बान्तावा, देवान, अठपहरिया लगायत अन्य किराती जाति छन ।
साथै किराती जाति र समुदायहरुको भाषिक, साँस्कृतिक, ऐतिहासिक भूमिहरुको रक्षा गर्दै समान पहिचान स्थापित गरि उनिहरुको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक र राजनैतिक अधिकारको लागि राज्यसंग लड्दै सामाजिक न्याय सहितको जातिय समानताका लागि महासंघले स्थापनाकाल देखि निरन्तर निशर्त सम्बन्धीत निकायहरुमा पहल गदै आएको छ ।
यसै क्रममा महासंघले जैविक विविधता, वातावरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम समुदायमा गर्दै बन, बातावरण मन्त्रालयसंग सम्बन्धीत मन्त्रालयमा बन्दै गरेको विधेयकहरुमा आदिवासीहरुको हक अधिकार समेटिनु पर्ने विषय स्थापना काल देखि निरन्तर पहल गर्दै आएको छ ।
अत : राज्यसँग सम्ब न्धित जातिको हक, अधिकारको पक्षमा वकलत गर्दै छ भने बन्दै गरेको कानुन, बिधेयक, निर्देशिका, ऐन्, निती निर्माणमा आदिमा आदिबासी किरातहरुको पक्षमा काम गर्ने एक शसक्त महासँग नै किरात महासङ्घ हो ।
यो पनि पढ्नुस ….! चर्चित गित ‘गलबन्दी’ लोक आधुनिक गितको सम्राट शम्भु राईको गीतबाट कपी !
काठमाण्डौ । प्रकाश सपुतले गाएको गलबन्दी बोलको गीत कपी भएको पाइएको छ । यो गीतको भाका वरिष्ठ गायक तथा पूर्वेली लोक गायक शम्भु राईको गीतको भाकासँग हुबहु मिलेको पाइएको छ ।
तर प्रकाश सपुतले गीत कपी गर्ने नियत नै राखेर गीत बनाएका हुन् कि हैनन् ? भन्ने विषय प्रष्ट भएको छैन ।
हाल यसबारे अनुसन्धान भइरहेको बताइएको छ । र केही दिनपछि नै सरोकारवालाले वास्तविकता बाहिर ल्याउने तयारी गरेका छन् ।
गलबन्दी बोलको गीत अहिले सर्वाधिक लोकप्रिय बनेको छ । युट्युबमा पनि यो गीत ट्रेन्डिङ १ मा रहँदै आएको छ ।
८ मिलियन भन्दा बढीले यो गीत हेरिसकेका छन् ।
गीतभित्र विभिन्न गाउले मानिसहरुको डाइलग राखिएकाले पनि गीत हास्यप्रधान पनि छ । तर गीतको भाका भने पूर्वेली लोक गीतसँग मिलेको हो ।