‘सोई राजा सोई सोई’ सार्वजनिक (भिडियो सहित)
पूर्बेली लोक आधुनिक गीतका लागि निक्कै सुमधुर आवाज सत्यकला राईको स्वरमा भर्खरै नयाँ लोक भाका सार्बजानिक भएको छ।
तिमिलाई हङ्कङ पुर्यायो आईडी कार्डैले, ढडिया थापिदेऊ साइँला, तिमी मसंग नबोल्ने अरे, हिमालपारी भोट, भेटौंला मायालु ईन्टरनेटैमा, भन्छन बुढापाकाले, लगायतका कैँयौँ कर्णप्रीय गीतहरु गाईसक्नुभएको सत्यकला राईको स्वरमा पछिल्लो समय नयाँ गीतहरु आएका थिएनन्।
त्यही क्रमलाई तोड्दै भरत कुलुङ्गको शब्द तथा लय संकलन रहेको सोई राजा सोई सोई… बोलको नयाँ गीतमा सत्यकला राईले आवाज दिनुभएकोछ भने पुरुष स्वरमा संगितकार मनोज साङ्सोनले साथ दिनुभएको छ। मनोज साङ्सोन कै संगित संयोजन रहेको यस गितलाई स्टुडियो किङ्गमा रेकर्ड गरि सोही स्टुडियोको यूट्यूब च्यानलबाट सार्बजानिक गरिएको छ।
सुरेश राईले अडियो रेकर्ड गरि राजु कार्किले ध्वनी संमिश्रण तथा सम्पादन गर्नुभएको गीतको भिडियो भने जस्केलो क्रीयसनले तयार गरेको हो।