Logo

वौद्धमा प्रहरीले गोली हानेर समायो छिरिङलाई


काठमाडौं, २४ जेठ । प्रहरीले काठमाडौंको वौद्धमा गोली हानेर एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धमा गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनको दाहिने खुट्टामा गोली लागेको छ । आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा तामाङ संलग्न रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको एसएसपी थापाले बताए । तामाङका अन्य पाँच जना साथीहरु भने यसअघि नै पक्राउ परिसकेको पनि उनले बताएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्