Logo

प्रदिप गिरी भन्छन काङ्ग्रेसले गलत ब्यक्तीलाई अर्थमन्त्री बनाउँदा देश र पार्टी बिग्रीयो


काठमाडौं : नेपाली कांग्रेसका प्रखर नेता एवम सांसद प्रदीप गिरिले विगतमा आफ्नो पाटीले गलत व्यक्तिलाई अर्थमन्त्री बनाउँदा नेपालको अर्थतन्त्र बिग्रीएको वताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गिरिले पिएचडी गरेका तर धान र गहुँको फरक नजान्ने व्यक्तिलाई अर्थमन्त्री बनाएर नेपाली कांग्रेसले गल्ती गरेको भन्दै तत्कालीन नेतृत्वको आलोचना गरेका हुन ।

अर्थमन्त्रीको विशेषज्ञताबारे धारणा राख्दै गिरिले भने–‘पीएचडी गरेका, विदेश पढेर आएका तर नेपालको हकमा चाहीँ गहुँ र धानको फरक छुट्याउन नसक्ने, नेपालका हकमा प्याजलाई पानी चाहिन्छ कि चाँहिदैन आलुलाई पानी चाहिन्छ की चाहिँदैन यो कुरा भन्न नसक्ने हाम्रा सरकारका पालामा मन्त्री भए ।’

उनले वीपीले युरोप, अमेरिकाको अर्थतन्त्रको मोडल नेपालमा उपयुक्त नभएको स्पष्ट पारे पनि कांग्रेसका नेताले सकभर अमिरिकामा र जर्मनीमा पिएचडी गरेको व्यक्ति खोजेर अर्थमन्त्री बनाउनु गल्ती भएको बताए। विपीको सिद्धान्तलाई वेवास्ता गरी कांग्रेसकै प्रधानमन्त्रीले नेपालमा तथाकथित आधुनिकीकरण, तथाकथित विकास, तथाकथित वृद्धिदर जस्ता अंग्रेजी सिद्धान्त भित्र्याइएको उनले आरोप लगाए ।

पुर्वअर्थमन्त्री रामशरण महतको नाम उल्लेख नगरेपनी बिदेशबाट पिएचडी गरेर आएको र तथा कथित निजिकरण गरेको भनेकाले यो भनाई महत लक्षित नै आएको बुझिन्छ । पिएचडी गरेर काङ्ग्रेसबाट अर्थमन्त्री बन्ने महत एक्ला ब्यक्ती हुन ।

वर्तमान अर्थमन्त्रीलाई सुझाव –

वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई लाई सुझाव दिँदै नेता गिरिले नेपालको आर्थिक मोडल नेपालका लागि सुहाउँदो बनाउन आग्रह गरे । सामाजिक न्याय र आर्थिक वृद्धिदर भन्ने कुरा विपरित कुरा भएकाले एकतिर मात्रै लाग्न उनले अर्थमन्त्रीलाई आग्रह गरे।

महतका कारण काङ्ग्रेस डुब्यो-

आलोचकहरु देशमा भएका उधोगधन्दा बिक्री गरेको युवालाई बेरोजगार बनाएर खाडिमा धपाएको भन्दै महतको आलोचना गर्ने गर्छन । पार्टिका बुज्रुक नेताहरु महतको एकाधिकारबादी पुँजिबादी अर्थनिती छोडेर बिपिको समाजबादी अर्थनितिमा फड्को मार्नुपर्ने पक्षमा छन ।

काङ्ग्रेस युवानेता प्रदीप पौडेल रामशरण महतहरुले ल्याएको उदार आर्थिक नीतिबाट कांग्रेस ब्याक हुनुपर्ने धारणा राख्छन। कांग्रेसले अहिले अभ्यास गरिरहेको उदार आर्थिक नीति पनि खास समाजवाद अनुकूलको छैन। हामीले अहिले अभ्यास गरेको आर्थिक नीति पनि हामीले भनेको समाजवादमा आधारित छैन, पौडेल भन्छन ।

अर्का नेता डा चन्द्र भण्डारी पनि आफूहरु रामशरण महतले भित्र्याएको उदार आर्थिक नीतिमा सुधार गर्नुपर्ने पक्षमा रहेको र यो कुरा पार्टीमा उठेको बताउँछन्। भण्डारी भन्छन्, ‘हामीले महतजीलाई पनि भनेका थियौं– सामाजिक एक्टिभिटिजमा हाम्रो नीति अलि कमजोर भयो कि ? शिक्षा, स्वास्थ्यका बारेमा केही सोच्नुपर्छ कि ?’

काङ्ग्रेस महासमिति बैठकले आर्थिक नीतिका पाँच वटा प्राथमिकतामा उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनलाई तोकेको छ ।

जिल्लामा पनि पार्टी कमजोर –

पटकपटक आफु निर्वाचित बनेर गएको जिल्लामा पार्टी संगठन कमजोर पारेर निजी स्वार्थमा केन्द्रीत भएको आरोप महतमाथी छ । म संग पैसा र शक्ती छ, चाहेमा जोसुकैलाई पनि सिध्याईदिन सक्छु भन्ने अहमता उनमा रहेको धेरैको बुझाई छ । ०४८ सालदेखी प्रत्यक निर्वाचनमा उमेदवार बन्दै आएपनी पदको भोक अझै मरेको देखिँदैन।

स्थानीय तहको वडाध्यक्ष देखी गाउँपालिका अध्यक्ष सम्मको टिकटमा हस्तक्षेप गर्दै संघर्षशील कार्यकर्ता भन्दा आफ्ना चाकरीबाजलाई टिकट दिएको कार्यकर्ताहरु वताउँछन ।

काङ्ग्रेसको प्रभाव क्षेत्र मानिने आफै मतदाता रहेको स्थानीय तह र वडामा पार्टिलाई पराजित गरेको आरोप उनिमाथी छ । त्यस्तै प्रदेशसभातर्फ पनि अन्यायपुर्ण तवरबाट टिकट बिक्री गरेको आरोप छ ।-नुवाकोटएक्स्प्रेसबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्