सत्रुको चुम्बन भन्दा मित्रको झापड नै बेस हुन्छ ! (मिठो ३० भनाईहरु सहित)
१. हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
२. एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
३. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।
४. मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।
५. एक टन सिद्धान्तको तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।
६. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
७. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।
८. कानमा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।
९. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।
१०. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।
११. न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।
१२. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसनमा पहिलाको जस्तो मिठास आउदैन ।
१३. आजभोलीको मान्छेहरु पनि अजिबको छन, गलत साबित हुँदाखेरी माफी माग्दैनन् सम्बन्ध नै तोडिदिन्छन ।
१४. जीवनमा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
**********
सफलताका निम्ति १५ भनाइहरु
१. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो ।
– थियोडेर रुज्बेल्ट
२. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिन, जति गरे मनोरञ्जन मात्रै गरे ।
– टमस एल्भा एडिसन
३. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो ।
– बब मार्ली
४. प्रत्येक विहान हाम्रो पुन: एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ ।
– गौतम बुद्ध
५. मोटर विना उड्न संभव छ तर ज्ञान र सीप विना छैन ।
– विल्भर राईट
६. एकपटकमा एउटा मात्र काम गर, र सो काममा आफ्नो पुरै मन-मस्तिष्क लगाउ ।
– स्वमी शिवानन्द
७. मुस्कान विना बिताइएको दिन खेर गएको दिन हो ।
– चार्ली चाप्लिन
८. बच्चाहरुले आफ्नो अभिभावकबाट दुई कुरा प्रप्त गर्नुपर्दछ; उभिनलाई आधार र उड्नलाई पखेटा ।
– गोथे
९. आफ्नो घाउहरुलाई आफ्नो विद्वतामा बदल ।
– ओप्रा विन्फ्रे
१०. मानिस मृत्युबाट डराउनुपर्ने आवश्यकता छैन, बरु अझै आफुले चाहे जस्तो जीवन जिउन सुरु नगरेकोमा डराउनु आवश्यक छ ।
– मार्कस औरेलियस
११. सत्रुको चुम्बन भन्दा मित्रको झापड नै बेस हुन्छ ।
– पाइथागोरस
१२. कहिलेसम्म हामीले प्रयास गरिरहनुपर्छ ? अन्तिम साससम्म ।
– जिम रोन
१३. संसारको समस्या नै यहीँ हो कि हामी आफैंले आफैंलाई घृणा गर्छौ ।
– चार्ली चाप्लिन
१४. आशा सुर्य जस्तै हो, जब हामी यश तिर फर्कन्छौ तब बोझ रुपि छाया संवत्: पछि पर्दछ ।
– स्यामुएल स्माइल
१५. जिन्दगीलाई सधैं पछाडीबाट मात्र बुझिन्छ तर हामीले त अगाडिबाट जिउनु छ ।
– सोरेन किर्केगर्ड