Logo

मकवानपुरका गोले बाघको छालासहित पक्राउ


मकवानपुर २३ जेठ । जितपुर सिमरा उपमहानगरपालिका–७, स्थित जितपुर बजारबाट एक थान बाघको छालासहित मकवानपुरका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको बैकैया गाउँपालिका वडा नं. २ बस्ने ३२ वर्षीय सोम बहादुर गोले रहेको छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्