Logo

दमाैलीमा जनमुक्ति पार्टीकाे बन्द प्रशिक्षण


यही जेठ १५गते गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रव्यापी भ्रष्टाचार विराेधी अभियान र हस्ताक्षर संकलन सफलता पूर्वक सम्पन्न गरेकाे सन्दर्भमा आगामी कार्यक्रमबारे जानकारी गराउने साथै पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्ने उद्धेश्यले आयाेजित कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशीकाे प्रमुख आतिथ्य र प्रमुख प्रशिक्षणककाे रुपमा उपस्थित भएका थिए ।सूर्यवंशीले कार्यक्रममाथि प्रकाश पार्दै भ्रष्टाचार मुलुककाे प्रमुख समस्याको रुपमा रहेकाे बताउदै अभियानकाे भाबी रणनीतिकाे सन्दर्भमा प्रकाश पारेका थिए ।

प्रदेश अध्यक्ष मन्धरी आलेकाे सभापतित्वमा भएको उक्त कार्यक्रममा संघीय परिषद् उपाध्यक्ष हस्तबहादुर थापा,उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार,संगठन विभाग उप प्रमुख केबी पुन लगायतले प्रशिक्षण दिएकाे  गण्डकी प्रदेश सचिव पूर्ण राना मगरले जानकारी दिए ।

प्रचार विभाग प्रमुख परियारले महंगो निर्वाचन प्रणाली भ्रष्टाचारको प्रमुख कारण भएकाे बताए । उनले नीतिगत भ्रष्टाचार र व्यवहारिक भ्रष्टाचारको अन्य आवश्यक भएकाे औल्याए । पूर्ण समानुपातिक समावेशीकरण,पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्दै,भ्रष्टाचार विरुद्ध कडा दण्ड सजायकाे व्यवस्था गर्न कानुनको निर्माण तथा कार्यान्वयन गर्नु पर्ने बताए ।

९५ जना अगुवा कार्यकर्ताकाे उपस्थिति रहेकाे बन्द प्रशिक्षण कार्यक्रममा पार्टीको नीति,रणनीति र कार्ययोजनाका विषयमा गम्भीरतापूर्वक छलफल,अनुभव आदानप्रदान भएको थियोे ।जनमुक्ति पार्टीले असार महिनाभरी केन्द्रीय राजधानी काठमाडौं र जिल्लास्तर सम्म भ्रष्टाचार विराधी अभियान र हस्ताक्षर संकलन कार्य जारी राख्ने जनाएको छ।

गत निर्वाचनमा करिब १ कराेड मतदाता रहेकाे आधारलाई टेकेर साेही सँख्यामा हस्ताक्षर संकलन गरि राष्ट्रलाई दवाव दिने जनाएको छ।भ्रष्टाचारीलाई जन्म कैद र सम्पत्तिकाे राष्ट्रियकरण गर्ने मुख्य उध्यश्य रहेकाे बताइएको छ।

भ्रष्टाचार विरुद्धको अभियान र हस्ताक्षर संकलन कार्यक्रमलाई सफल बनाउन न्यायप्रेमी,सचेत र राष्ट्रलाई माया गर्ने सम्पूर्ण जनमा जनमुक्ति पार्टीले अपील गरेकाे छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्