Logo

नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला भेला हुँदै


मकवानपुर १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरले आँउदो जेठ २५ गते जिल्ला भेला गर्ने भएको छ ।

माओबादी केन्द्रले आइतबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि भेलाको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै भेला आयोजक समितिका संयोजक सुर्य लामाले पूर्व माओवादी केन्द्रका प्रचण्ड समुहका एकतिहाइ अवसरवादीहरु खुसी हुँदै र दुई तिहाइ निराश हुँदै एमालेमा विलय भएकाले जनयुद्धका उपलब्धिहरुको रक्षा र क्रान्तिको बाँकी कार्यभार पूरा गर्न पुरानै पार्टीलाई निरन्तरता दिनुपरेकोे बताए ।

उनले अझै पनि पुँजीवाद र सामन्ति शासनको अन्त्य नभएकोले क्रान्तिको बाटो नसकिएको स्पष्ट पारे ।

कार्यक्रममा जिल्ला ईन्चार्ज अमर थिङ् तामाङ्, केन्द्रिय सदस्य नारायण देउला, बिज्ञान लामा र मकवानपुर जिल्ला अभियान्ता प्रमुख सुदर्शन किराँती लगायतको उपस्थिति रहेको थियो ।

भेलालाई माओबादी केन्द्रका प्रदेस ३ का संयोजक पासाङ् रमोक्तान र केन्द्रीय सचिव राजन तिमल्सिनाले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्