उभौली साकेला तुवाचुङमा : पूर्वतयारी सम्पन्न
– मान्सुङ चाम्लिङ
किरातीहरुको उद्गमथलो तुवाचुङमा संधै झै उभौली साकेला भव्यरुपमा मनाइने तुवाचुङ जायजुम संरक्षण समितिका सचिव भिमकेसर राईले बताए ।
हरेक वर्षको वैशाखे पुर्णिमाँगै तिथिमिति मिलाएर तुवाचुङ दिन मनाउने गरिएको यसपटकको तुवाचुङ दिन यही २५ गते जेष्ठमा पर्न गएको छ ।
तीनहजार बढी स्थानिय जनसहभागीता रहने उक्त उभौली चाडमा किरात राई चाम्लिङ लगायतका नछुङ्हरुले चुलापुजा, साकेला पुजा, साकेला निकालेसँगै साकेला नाच सुरुहुने गर्दछ ।
भुमेथानमा भुमेपुजा, तोयाखियामा थानमा पुजा गरेसँगै सिलिमोपा र सिलिमोमाहरुले आफ्नो सिलि सुरु गर्दछ भने ढोलेहरुले सुर र तालमा ढोल बजाउन थाल्दछ ।
तुवाचुङ दिन मनाउन समितिको उपलब्ध कार्यसमिति र स्थानिय समूदायहरुका उपस्थितिमा आवश्यका कार्य जिम्मेवारी गरेसँगै पूर्व तयारी गरिसकिएको सदस्य टेकराज राईले बताए ।
केन्द्रिय समितिको पूर्व तयारी वैठक केन्द्रिय कार्यलयमा बसेसँगै यसपटकको कार्यक्रम हेलसी तुवाचुङ नगरपालीकाको प्रमुख ईवन राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिने महासचिव दिनेस राईले बताउन भयो ।