रवि लामिछानेले मेयर द्वारिकलाल चौधरीको लागि यस्तो फेसबुक स्टाटस पोष्ट गरे (हेर्नुस)

हेर्नुहोस् उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस:
द्वारिका चौधरीको इमान्दारीतामा कुनै प्रश्न गरेका छैनौ।यस्ता हक्की नेता चाहिन्छपनि।मात्र यति हो कि उनी संयमित भएर प्रस्तुत हुन सक्थे।सुन काण्डमा SSP ले पत्रकारलाई किक हानेको वेलामा मैले टुडिखेल, किक र नाक को डाडी वाला प्रसङ्ग उठाएको थिए।त्यो भिडियोको टुक्रा मात्र हेरेर थाहा हुदैन पुरै हेर्नू पर्ने हुन्छ।
बर्षौ देश लुट्ने नकचराहरुलाई टुडिखेलमा राखेर उडेर एक एक किक हान्न मन त अझै पनि छ तर “मन छ” भन्नू र फलानो मान्छेलाई टुडिखेलमा राखेर किक हान्छु हान्छु भनेर तोकेरै भन्नू मा फरक छैन र? उहालाई इमानदार होइन भनेकै छैन तर निर्वाचित जन प्रतिनिधिले मान्छे तोकेरै सिद्याउछु भन्नू हुदैन्थ्यो।
भ्रष्टाचारीलाई फासी दिनु पर्छ भनेर माग गर्न पाइयो तर फलानो नाम गरेको भ्रष्टाचारिलाई म आफ्नै पैसा खर्च गरेर फाँसी दिन्छु भनेर घोषणा गर्न पाइदैन कि? फेरिपनि भन्छु, भ्रष्टहरु तर्साउन द्वारिका चौधरीहरु चाहिन्छन।