Logo

पशुपतिनाथको सम्पत्ति ९ किलो सुन, ३०० किलो चाँदी नगद र जग्गा अरु के के कती छन त?


पशुपति क्षेत्र विकास कोषको सम्पत्ति तथा गुठी जग्गाको प्रतिवेदन सार्वजनिक गरिएको छ।

कोषले बुधबार पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण र गुठी जग्गाको प्रतिवेदन सार्वजनिक गरेको हो। हाल कोषसँग १८ हजार ३ सय ४२ रोपनी २ आना २ दाम जग्गा रहेको छ। त्यस्तै पशुपतिनाथको ढुकुटीमा वि.सं. २०१९ देखि ०७५ सम्म ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ।

सोही अवधिसम्म चाँदी ३ सय १६ किलो ५ सय ८६ ग्राम जम्मा भएको भएको छ भने नगद मौज्दाततर्फ १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ विभिन्न बैंकमा मौज्दात रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रतिवेदनमा २०१९ देखि २०७५ सालसम्मका सम्पत्तिको विवरण समावेश गरिएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको २०७४ कात्तिक ६ गतेको निर्णयअनुसार गठन भएको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानबिन समितिले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। समितिले ०७४ कात्तिक १६ गतेदेखि काम सुरु गरेको थियो। अध्ययनको लागि समय अपुग भएपछि ०७५ साउन २९ मा समितिको म्याद छ महिना थप गरिएको थियो।

समितिले बुधबार पत्रकारसम्मेलन गरी दिएको जानकारीअनुसार पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि.सं. २०१९ देखि २०६८ सम्म ८ किलो २ सय ३२ ग्राम सुन र १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको छ। त्यस्तै ०६८ देखि ०७५ सालसम्म सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार १ हजार ४४.६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८.७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको छ। समितिले वि.सं. २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको पनि जनाएको छ।

१ अर्ब २९ करोड नगद मौज्दात
त्यस्तै समितिले कोषको सम्पत्ति संरक्षण तथा आर्थिक प्रशासन महाशाखाबाट प्राप्त विवरणअनुसार विभिन्न बैंकमा १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ नगद जम्मा भएको जनाएको छ। सो रकममध्ये १ अर्ब रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ। अक्षय कोषमा राखिएको रकमको प्राप्त हुने ब्याजबाट केही रकम सामाजिक सेवा एवं विपतका बेला खर्च गरिने नीति लिइने कोषको भनाइ छ।

त्यस्तै पशुपतिनाथको भान्छा घरमा रहेको बम्बे ढुकुटीमा भएका भाँडा वर्तन आदिको अभिलेख राख्न हाल कोषबाट भान्छा घर भत्काई पुनर्निर्माणको काम सुरु हुन गएकोले सो क्रममा उक्त स्थानमा रहेका भाँडा वर्तनका किसिम र परिमाणको छुट्टै मुचुल्कामा उल्लेख हुने र त्यसपछि सार्वजनिक गर्ने समितिले जनाएको छ। त्यस्तै गुठी संस्थानतर्फ पशुपतिनाथ परिसरमा १ सय ९५ वटा गुठी रहेको समितिले जनाएको छ। समितिका अनुसार उक्त गुठीसँग सम्बन्धित मठ मन्दिरका देवी देवताको अंगमा लगाएको र ढुकुटीमा रहे भएको गरगहना तथा जिन्सी सामानहरुको विवरण गुठी संस्थानसँग मागे पनि दिएको छैन।

काेषमातहत तीन कार्यालयकाे जग्गा

यसैबीच, कोषको अचल सम्पत्ति दर्ता प्रमाणित ३ हजार ६ सय ६७ रोपनी जग्गा रहेको समितिले जनाएको छ। त्यस्तै साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा क्षेत्रफल २ सय ३१ रोपनी १० आना १ दाम जग्गा रहेको छ भने त्रिभुवन विमानस्थल र ९९ वर्षको लागि सम्झौता गरी भोगचलनमा दिएको गल्फकोर्ष रहेको जग्गा १ हजार १ सय ६१ रोपनी १४ आना रहेको छ। त्यस्तै मोही तारागाउँ रिजेन्सी होटल भएको जग्गा १७ रोपनी रहेको समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्