Logo

सञ्चारकर्मीमाथी धरानमा आक्रमण : इटहरीमा नाक भाच्ने धम्की


धरान । सञ्चारकर्मीहरूमाथी एकपछि अर्काे प्रहार हुँदै गएकाे छ ।

इटहरीका मेयर द्वारिकलाल चाैधरीले पत्रकार विराट अनुपमलाइ नाककाे डाडी भाँचिदिने धम्कि दिएकाे २४ घण्टा वित्न नपाउँदै धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याकक्षमा  नै हातपात भएको छ ।

धरान–१२ चतरालाइनस्थित कार्यालयमा आएका फूर्वा शेर्पाले उनीमाथी मंगलबार राती आक्रमण गरेका हुन् ।

शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेकाे छ ।

शेर्पाले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आक्रमण गर्नुपर्ने स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन ।

राईको टाउकोमा चोट लागेको छ भने उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्