Logo

अमेरिकालाई उत्तर कोरियाले धम्की दिँदै भन्यो – धैर्यको पनि सीमा हुन्छ


उत्तर कोरियाले अमेरिकालाई धैर्य टुट्नुअघि नै वार्तालाई अगाडि बढाउन सचेत गराएको छ । कोरियाले फेरि एक पटक आफूमाथि लागेको प्रतिवन्धलाई लिएर अमेरिकालाई धम्की दिएको हो ।

कोरियाली सरकारले कोरियाली सेन्ट्रल न्यूज एजेन्सी केसीएनए मार्फत बुधबार वासिङटन वार्ताका लागि सही कुटनीतिक प्रक्रिया अपनाओस् भनेको छ । यदि वार्ता प्रक्रिया तत्काल अगाडि नबढाए धैर्य टुट्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले आफ्नो आंकलनको तरिका बदल्नु पर्ने बताएका छन् । उनले पछिल्ला एक वर्षमा आफूहरुमा आएको परिवर्तन अमेरिकाले नदेखेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

धैर्यको पनि सीमा हुन्छ भन्दै कोरियाले अमेरिकालाई सचेत गराएको हो । यसअघिका वार्ताको अर्थ अमेरिकाले नलगाएको आरोप समेत लगाइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्