Logo

सत्ताको नारा ! आधुनिक पुँजीवाद र समृद्धि


-भाई किराती

नेपाल यस्तो देश हो, जहाँ नश्लिए धार्मिक कानुन र पुँजीवादको अबैध गठजोडद्वारा जनतालाई भ्रमित पारिन्छ । शासकले धर्मावलम्बीहरुलाई धार्मिक जस्तो बनेर भ्रमित पार्छ । फेरि प्रगतिशील मान्छेहरुलाई लोकतन्त्रमा बिकास र समृद्धिको नारा दिएर भ्रमित पार्छ । नेपालको शासक र केही महान बुज्रुक कहलिएकाहरु, आधुनिक समाज विज्ञानले गलत पुष्टि गरिसकेको १७ औं – १८ औं शताब्दीको काल्पनिक समाजवादको मोडेल अहिले जस्ताको त्यस्तै यहाँ प्रस्ताव गर्दछन । मानौँ नेपालमा समाजवाद बारे कोही जानकार छैनन् ।

किन कि लोकतान्त्र भनेको ब्यक्तिगत स्वार्थको खाली घ्याम्पा बोकेर हिँडेका निश्चित समुहमा संलग्न सदस्यहरू मात्र समृद्ध हुनु हो । उसले न धर्म-कर्म गर्नु पर्छ, न त समृद्धि नै । त्यही अन्योलता साथै अकर्मण्यता भित्र साम्राज्यवाद र बिस्तारवादका दलालहरु घुसपैठ गर्छन् अनि देशभित्रका दलालसँग मिलेर आ-आफ्नो स्वार्थ पूरा गर्दै राज्यको दोहन गर्छन् । नेपाली समाजको वास्तविक चित्र यही हो ।

“नेपालको शासन प्रणालीको सैद्धान्तिक आधार ईशा.पूर्व केही शताब्दी अघि सम्म निर्माण भएका वेद, अझै उपनिषद् विशेष हो ।” भनाइको तात्पर्य नेपालमा पहिला सामन्तवादलाई पनि हिन्दु धर्मको नियमानुसार लागू गर्न खोजे । त्यसैले सामन्तवादले पूर्ण गतिलिन सकेन । फेरि अहिले पुँजीवादलाई धार्मिक मार्गदिशाद्वारा परिचालन गर्न कोशिश हुँदै आएको छ । यसर्थ नेपालको शासकहरु, राज्यको जस्तोसुकै संविधान, कानुन वा जनताको हरेक नैसर्गिक अधिकार लगायतका न्याय प्रणाली साथै बदलिँदो सामाजिक परिवेश प्रति गम्भीर बन्नु जरुरी छैन ।

अन्य पुँजीवादी मुलुकमा, नेपालको जस्तो शासकले राज्यको नियम, कानुनलाई दुरुपयोग गर्न पाउदैनन् । नेपालमा भने जनतालाई जत्ती नै अन्याय गरे पनि धार्मिक कर्मकाण्डीय गतिविधिमा संलग्न बनेपछि उनीहरूले छुट पाउने र प्रगतिशीललाई खोक्रो राष्ट्रवादी नारा दिएर आफ्नो कमजोरीबाट मुक्ति पाउने परम्परागत प्रणाली यथावत छ । किन कि हिन्दु धर्मको निर्देशक सिद्धान्तमा, “मान्छेले धेरै पाप कर्म गर्दछ्न तर धर्म-कर्म गरे मोक्ष प्राप्त हुन्छ ” भन्ने उल्लेख छ । अर्थात शासकले जत्तिनै पाप कर्म गरे पनि त्यसबाट छुटकारा पाउनलाई धार्मिक कर्मकाण्ड र नया नयाँ भ्रम सिर्जना गर्नु अनिवार्य छ ।

पुँजीवादको सवालमा, नेपालको शासकले देशको वस्तुगत परिस्थिति भन्दा भिन्नै ढंगले ब्याख्या गर्दछन । यसमा पुँजीवादी दलालहरुको ब्याख्या अनुसार “पुँजीवाद भनेको आम जनता गरिब नरहने, आफ्नो सम्पत्तिको रक्षा हुने व्यवस्था हो” भन्दछन ।

नेपालमा त्यही प्रवृत्तिको ताण्डव नृत्य हो । पुँजीवाद आफैमा वर्ग विभेदी सिद्धान्त छँदैथियो । भने त्यसै माथि नेपाली समाजले धार्मिक उद्दण्डता सहितको हिँजडा प्रवृत्तिको मार खेप्नु परेको छ । तसर्थ नेपालको संविधान २०७२ मा नेपाल समाजवाद उन्मुख देश हुनेछ भनी उल्लेख भएता पनि शासकले त्यसको कार्यन्वयन गर्नु पर्ने कुनै कारण छैन ।

पुँजीवादको सवालमा, नेपालको शासकले देशको वस्तुगत परिस्थिति भन्दा भिन्नै ढंगले ब्याख्या गर्दछन । यसमा पुँजीवादी दलालहरुको ब्याख्या अनुसार “पुँजीवाद भनेको आम जनता गरिब नरहने, आफ्नो सम्पत्तिको रक्षा हुने व्यवस्था हो” भन्दछन । यदि त्यस्तै हो भने हिजोकै सामन्तवादी व्यवस्था छँदैथियो त । विगतलाई फर्केर हेरौं, सामन्तवादी व्यवस्थामा, ९८% मान्छेसँग धेरथोर जमिन लगायतका चल अचल पुँजी सहितको समाज थियो । यसरी हेर्दा सामन्तवादमा समाजको ठूलो हिस्सा धेरथोर सम्पत्तिको मालिक थिए भन्ने कुरा बोध हुन्छ ।

फेरि यी मध्ये ५% मान्छे सामन्त, महासामन्त  कहलाएका हुन्थे । उनीहरूले राज्यसत्ताको बागडोरमा कब्जा जमाएका थिए । भने ९३% मान्छेहरू आफ्नो सम्पत्तिको मालिक भएता पनि राज्यद्वारा प्राप्त गर्ने हरेक सेवा सुबिधाहरुबाट भने बन्चित थिए । बाँकी २% मान्छेसँग चल अचल पुँजी पनि नरहेको साथै राज्यद्वारा प्राप्त गर्ने हरेक सेवा सुबिधाहरुबाट त झनै बन्चित थिए । तथापि सुकुम्बासी ऐनद्वारा राज्य मातहतको भूमिमा उनीहरुलाई संरक्षण गर्ने नीति थियो । जुन संरक्षणको निम्ति सुकुम्बासीलाई बस्न सम्म दिइएको जमिनमा भू-माफियाहरु र पुँजीवादी दलालहरुले कब्जा जमाईसकेका छन । तसर्थ असली सुकुम्बासी अझ मारमा छन ।

पुँजीवाद :-
मार्क्सवादी दृष्टिकोण अनुसार “पुँजीवाद भनेको वर्गहरु उत्पादन गर्ने भट्टी हो” जब सामन्तवादी व्यवस्था विश्वमा धरासायी बन्दै थियो । अथवा भनौं, उत्पादक शक्ति विरुद्ध उत्पादन सम्बन्ध खडा भयो । तब साम्राज्यवाद र सामन्तवादले आफ्नो अस्तित्व रक्षाको निम्ति गर्भधारण सुरु गर्‍यो । जुन गर्भबाट पुँजीवादको जन्म भयो । त्यो नयाँ र अझ केन्द्रीकृत विशेषताको थियो । त्यसले विश्वमा एउटै केन्द्र निर्माण गर्‍यो ।

र फरक फरक अर्थात आ-आफ्नो अस्तित्वमा रहेको केन्द्रहरूलाई आफ्नो कब्जामा लिँदै विश्व साम्राज्यवादले एकाधिकार पुँजीवादको नितिद्वारा आफ्नो रक्षा गर्न सफल भयो । भने त्यो भन्दा अघि नै नेपालमा करिब २६-२७ सय वर्षे सामन्तवाद भनिने बुढी बजुलाई, हिन्दु धर्मले जबर्जस्ति गर्भिणी बनाएर ब्राह्मणवादको जन्म भैसकेको थियो । जस्को अनुहार र चरित्र एक चौथाइ बजुसँग मिल्छ बाँकी सबै हिन्दु धर्मसँगै मिल्छ, । तसर्थ नेपालको शासकको निति र मुलतः कार्यशैली अनुहार सम्मत छ ।

नेपालमा अर्को अराजक प्रवृत्ति थपियो भने यो देशको हालत के हुन्छ ? कथित नेकपाको दुई तिहाइ सरकारले यसको जवाफ दिनु पर्दछ ।

नेपालमा जब जनता सचेत हुँदै जान्छन् र शासकको गलत गतिविधि देख्न सक्छन् तब आफ्नो सारा काला कर्तुतहरु ढाकछोप गर्नलाई नयाँ नौलो आकर्षक शब्दको मञ्चनद्वारा कुनै भ्रामक नारा फिँजाएर आनन्द लिन्छन् । हाल देशमा कथित नेकपाको दुईतिहाइको सरकारद्वारा मञ्चन गरिएको मुल अस्त्र नै समृद्धिको नारा हो ।  शासकको कार्यशैलीलाई चिरफार गरेर विश्लेषण गर्दा, समृद्ध नेपाल निर्माणको नारा भित्र सामन्तवादकै पुनरागमनको अन्तिम जमर्को हो भन्ने पनि भेटिन्छ । सामाजिक परिवेशले समाजवादको माग गर्दछ तर शासकहरु त्यसको आधार तयार गर्न छाडेर । समृद्धि भन्ने खोक्रो नाराको विगुल फुकेर हिँडिरहेका छन ।

के हो “समृद्धि” ?
समृद्धि भनेको एकाधिकार पुँजीवाद अर्थात साम्राज्यवादद्वारा, समाजवादको विरुद्धमा खडा गरिएको प्रोपोगन्डा हो । समृद्धिको नारामा तिब्र गतिमा बिकास भन्ने एउटा ट्याग झुन्डाइएको छ । तर समाजवादको विरुद्धमा खडा गरिएको प्रचार बाजि नै भए तापनी समृद्धिको साँचो अर्थमा पर्याप्त मात्राको बिकास निर्माण मात्र पनि समृद्धि चाहिँ होइन । जब मालेमावादले  वैज्ञानिक समाजवादी विश्व दृष्टिकोण निर्माण गर्दै अघि बढ्यो, तब साम्राज्यवाद माथि संकट पैदा भयो । र उसले पनि आफ्नो अस्तित्व रक्षाको निम्ति विश्व सामु नयाँ नयाँ नाराहरु सिर्जना गर्‍यो ।

जसको छाल नेपालमा “समृद्धि”को नारा बनेर उर्लीरहेछ । नेपाली समाजको आर्थिक स्तर कुन उचाइमा पुगेपछि समृद्ध समाज बन्ने हो ? त्यो पनि प्रष्ट छैन । यसर्थ शासकले समृद्धि भन्ने नारा व्यापक प्रचार प्रसार मात्रै गरे पुग्छ, उसले पुष्टि गरिरहनु पर्दैन । किन भने त्यो नारा प्रचार प्रसारकै लागि मात्र निर्माण गरिएको हो । कस्तो सामाजिक परिवे्शलाई समृद्धि भन्ने हो ? त्यस प्रति जवाफ देही बन्नु जरुरी छैन ।

समाजवादको आधार चाहिँ राष्ट्रिय अर्थतन्त्र मजबुत हुनु हो । अर्थात राज्यको आधार र उपरीसंरचना बिचको क्रान्तिकारी तादात्म्यता नै समाजवादको पहिलो खुड्किलो हो । तर नेपालको हकमा समृद्धिको आधार के हो ? त्यो पनि लोकतान्त्रिक प्रणालीमा । यसर्थ समृद्धिको आवरण भित्र अर्कै अभ्यास पो भैरहेको छ भन्ने कुरामा कुनै सन्देह छैन । पहिला सामन्तवाद र हिन्दु धर्म बीचको अबैध वंश ब्राह्मणवादको जन्म भैसकेको छ ।

अहिले पनि पुँजीवाद र ब्राह्मणवाद बिच गर्भधारणको निम्ति जबर्जस्त ढंगले शहवासको प्रयास भैरहेको छ । ब्राह्मणवादले यो देशमा लुट्नै सम्म लुटेको छ । फेरि नेपालमा अर्को अराजक प्रवृत्ति थपियो भने यो देशको हालत के हुन्छ ? कथित नेकपाको दुई तिहाइ सरकारले यसको जवाफ दिनु पर्दछ । यस्तो सामाजिक परिवेश भएको देशमा समृद्ध नेपालको नारा गधालाई धोएर गाई बनाउने कुरा बाहेक अरु केही होइन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्