Logo

मौसम पूर्वानुमान देशभर आंशिक बदली, साँझतिर हावाहुरी चल्ने सम्भावना


आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

 

केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद नगरकोटीले बताइन् । यस्तै हावाहुरी चल्ने सम्भावना पनि छ ।

काठमाडौँ उपत्यकामा भने फाट्फुट् पानी पर्ने सम्भावना रहेको उनले बताइन् । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्