Logo

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ । सरकारले आज दिउँसो ३ बजे अस्थायी राजधानी विराटनगरमा बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट नीति कार्यक्रम पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए ।

 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको प्रथम आवधिक योजना २०७६ देखि २०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको जनाएको छ । नीति तथा कार्यक्रमअघि प्रदेश सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने तयारी प्रदेश सरकारको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्