Logo

अफवाह फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ


काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।

…..उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए।

विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए।

आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्