Logo

संसार जितेका गोर्खालीहरु एक-आपसको भिन्न मतले कमजाेर


-पूर्ण कुरुम्बाङ

तत्कालिन इष्ट इण्डिया कम्पनीले आन्तरिक बिद्रोह दबाउन सन १८५७ मा गोर्खा भर्तीको सुरुवात गरेको थियो । यस गोर्खा भर्तीको बैधनिकता भने वीर सम्शेरको पालामा भएको थियो ।

बेलायतबाट भारत स्वतन्त्र भएपछी केही गोर्खाली Battalion युके लैजाने र बाँकी बाटलियन भारतको मातहतमा रहने दुई देश बिच सम्झौता भएको थियो ।

बेलायती गोर्खालीहरु भारत बाट मलाया (मलेसिया) मा कम्न्युष्ट द्वण्द रोक्नको लागि सन १९४८ मा खटाइएका थिए । त्यही क्रममा (१९४८-५६) मलेसिया बाट छुट्टीएर Singapore छुट्टै देश बन्न पुग्यो ।

Singapore Malaysia बाट अलग भएपछी Singapore को नेत्रित्व गरेका लिक्वानको सुरक्षा गोर्खालीले गरेको थियो । सन 1962 मा ति गोर्खा Battalion ब्रुनाइको ब्रिद्रोहलाई दबाउन र Indonesia संग लडनलाई Brunei लगिएको थियो ।
हामी गोर्खालीको समस्या संधै समय समयमा चर्किरहन्छ।

तर आफ्नो अराजक र एकल निर्णयले संसार जितेका गोर्खाली आफैसँग हार्न वाध्य हुन्छन । यहि अराजक शैलीले गर्दा गोर्खालीको मुद्दा उठ्न नपाउदै त्रिपक्षिय सन्धी माथी अन्कुस लाउने प्रयास आफै गरिरहेका छन ।

-पूर्ण कुरुम्बाङ

त्यसो भएको हुनाले गोर्खालीहरु फाईदाको लागि बिद्धान बाहुन द्वारा उपयोग गरिएका एउटा पाटो मात्र हुन्, यसमा आश्चर्य मान्नु पर्ने देखिन्दैन ।

हिजो आफू भर्ती हुन्दा धोती लगाएर खाली खुट्टामा भर्ती हुनेहरूले नै आज गोर्खा भर्ती बन्द गर्नु पर्छ भन्ने बिचारले ईतिहास आफै मेटाउन खोजेका छन भन्ने मेरो बुझाई छ ।

तर मेटिन सम्भब छैन बरु आफ्नो अधिकार आफै समाप्त गर्नु हुन्दैछ । अब भनौ संसार जितेका गोर्खालीहरु एक आपसको भिन्न मत्तले के अब कलमी युद्ध हार्छन वा जित्छन ?? त्यो हेर्न बाँकि छ ।

(याे सामग्री कुरूम्बाङकाे फेसबुकबाट लिइएकाे हाे, उनी भूतपूर्व बेलायती गाेर्खा सैनिक हुन्)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्