कलंकी-कोटेश्वर रुटमा चल्ने सवारी साधनको गति सीमा तोकियो

चक्रपथस्थित नयाँ बनेको कलंकी कोटेश्वर सडकखण्डमा ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको गति सीमा तोकेको छ।
पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको गति सीमा तोकेको हो।
ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी कोटेश्वर सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको हो।
सोमबार(आज)देखि लागू हुने गरी उक्त गति सीमा निर्धारण गरिएको महाशाखाले जनाएको छ।
तोकिएको गतिभन्दा बढी गतिमा सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने महाशाखाले बताएको छ।
उक्त दफामा चालक अनुमति पत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमति पत्र खारेज गर्न सक्ने उल्लेख छ