नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आर्थिक वर्ष २०७६/०७७ को बजेट विकासमुखी नभई वितरणमुखी भएको टिप्पणी गरेका छन् ।
प्रेस युनियन पाल्पा शाखाले आज गरेको पत्रकार भेटघाटमा उनले ३० प्रतिशत बजेट मात्र विकास खर्चमा विनियोजन गरिएकाले बजेट विकासमुखी नभएको प्रष्ट हुने बताएका हुन । सरकारले जनहित भन्दा पनि आफु अनुकुल बजेट ल्याएको प्रवक्ता शर्माको छ ।
कांग्रेस प्रवक्ता शर्माले प्रेसमाथि तरवार झुण्डाएर,मानवअधिकार आयोगलाई नियन्त्रणमा राखेर सरकारले अधिनायकवाद ल्याउने प्रपञ्च शुरु गरेको जिकिरसमेत गरे ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
