Logo

ब्रिटिश आर्मीमा कार्यरत एक बहादुर नेपाली चेली पविन राई : लाहुरे गाथा


घट्दो युद्ध, बढ्दो सुविधा र सुस्ताएको लाहुर–भर्तीविरोधी स्वरसँगै लाहुरे हुने चाहना बोक्नेको संख्या ह्वात्तै बढेको छ । हरेक वर्ष २० हजारभन्दा बढी नेपाली युवा बेलायती सेना तथा सिंगापुरे पुलिसका लागि हत्ते हाल्दा मुस्किलले दुई सय १० जनाको भाग्य चम्कन्छ ।

आठ महिना लामो प्रशिक्षण र चर्को प्रतिस्पर्धाभित्रको कथा कस्तो छ ? आखिर किन हजारौँ नेपाली लाहुरे हुन मरिहत्ते गरिरहेका छन् ? किन घट्दैन ‘भर्तीको लाइन’ ? भन्ने थुप्र प्रश्न छन ।

तर हङकङमा जन्मिएर नेपालमा शिक्षा–दीक्ष लिएकी धरानकी ३७ वर्षीय पविन ह्यामिल्टन राई १२ वर्ष अघि बेलायती सेनामा सेफको रुपमा प्रवेश गरेकी थिइन्। राईको प्रवेशसँगै बेलायती सेनामा नेपाली महिलाको आकर्षण अझ् बढेको मानिन्छ।

क्रिसमस बिदा मनाउन स–परिवार हङकङ आएकी पविन २८ डिसेम्बर राती पर्यटकीय थलो टेम्पल स्ट्रिटको नाइट मार्केटमा भेटिइन। त्यतिबेला उनीसँग गरिएको विशेष कुराकानी हेर्नुहोस:

लाहुरे गाथा
पाकिस्तानको एक सहर– लाहोर । यहाँ पन्जाबी सेनाको क्याम्प थियो । नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली सेनाका कप्तान बलभद्र कुँवर लड्न नसकेपछि नालापानी किल्ला छाडेर भागे । उनी लाहोर पुगेर पन्जाबी सेनामा भर्ती भए । सम्भवतः पहिलो लाहुरे उनै थिए ।

यसरी नेपाली लाहोर जाने र लाहुरे बन्ने संस्कार सुरु भयो । लाहोर गएर सैन्य सेवामा छिर्ने युवालाई नेपालमा ‘लाहुरे’ भन्न थालियो । पछि ब्रिटेनले सन् १८१५ तिर गोर्खा भर्ती थालेपछि लाहुरे प्रथाले मलजल पायो । लाहोर जानेमा धेरैजसो मगर, गुरुङ, लिम्बू, क्षत्री, राईलगायत थिए । उनीहरुले खुकुरीको धारमाथि हिँडेर ‘लाहुरे’ पेसालाई व्यापक बनाए । फलतः गोर्खाली भर्ती अझै निरन्तर छ ।

सन् ८० को दशकसम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चन्थ्यो । ‘लाहुरे आएको छ रे ! कस्तो रै’छ लाहुरे ?’ सोधीखोजी चल्थ्यो । छोरो लाहुरे भएर इज्जत बढाएकोमा आमाबुबा दङ्गदास पर्थे । लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै दोब्बर हुन्थ्यो, पुर्खाको बिँडो थाम्यो भनेर । यही पुर्खाको बिँडो थाम्दै सन् २००१ मा लाहुरे भएका थिए– पोखरा रामबजारका दीर्घमान गुरुङ पनि ।

लाहुरेको सानसौकत, वर्कत र रवाफ देखेरै लाहुरे भएको सुनाउँछन् उनी । ‘हाम्रो समुदायमा लाहुरे नै सबथोक हो, जीवन पनि सुरक्षित छ,’ उनी भन्छन्, ‘सामान्य नेपालीले मासिक साढे २ लाख तलब खाने जागिर पाउनु मामुली कुरा हैन ।’ लाहुरे भएपछि पोखरामा बडेमानको घर जोडेको र परिवारलाई पनि सुखसुविधा दिन सकेको उनको भनाइ छ ।

सन् १९९७ पछिकाले स्वतः बेलायतमा बस्ने अधिकार पाएपछि पनि यसको विरोध हुन छाडेको सहजै अनुमान लागाउन सकिन्छ । २ सय वर्षअघिदेखि बेलायत सकारको पक्षमा वीरता, साहस र इमान्दारिताका लागि प्रसिद्धि कमाउँदै आएका गोरखा सैनिकहरुको पहिलो र दोस्रो विश्वयुद्धमा गरी अस्ट्रेलिया, क्यानडा, मलेसिया, बर्मा, जर्मन, फ्रान्स, लाओस, पर्सिया, मेसापोटामिया, सिरिया, ग्रीस, सिंगापुर, हङकङ, नर्थ अफ्रिका  लगायतका देशहरुमा लडाइँ लडिसकेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्