Logo

‘विप्लव’ नेतृत्वको लडाकु समूहले सोलुखुम्बुमा प्रहरी चौकीमाथि भौतिक आक्रमण


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको लडाकु समूहले सोलुखुम्बुमा प्रहरी चौकीमाथि भौतिक आक्रमण गर्ने प्रयास स्थानीयको सूचनाका कारण असफल भएको छ । नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेका थिए ।

गएराति १२ बजे स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई सुरक्षित रहन खबर गरेका थिए । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘चौकीमा चारजनाको मात्र टोली थियो । स्थानीयको खबरपछि प्रहरी हतियार लगेर सुरक्षित स्थानमा गएर बस्यो । विप्लवको लडाकु समूहले चौकी खानतलासी गरे । तर अन्य सामानमा भने क्षति गरेनन् । उनीहरु हतियार लुट्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’’ उनीहरु २५ जनाको समूहमा रहेको बताइएको छ ।

(फोटो: फाइल)
राति चौकी छाडेर भागेका प्रहरी बिहान ७ बजेमात्रै चौकीमा फर्किएका थिए । प्रहरी अधिकारीले आधिकारीक रुपमा भने घटनाको पुष्टि गर्न अस्वीकार गरेका छन् । प्रहरी चौकी निकै दुर्गम स्थानमा पर्छ । सदरमुकामदेखि करिब २५ कोस टाढा रहेको सो गाउँ विकट भएपछि सुरक्षाकर्मीको सहज उपस्थिति हुन नसकेको हो ।

सो गाउँमा सवारी साधन समेत पुगेको छैन । केही समयअघि सुरक्षा संयन्त्रलाई विप्लव समूहले पहाडी विकट इलाकाका प्रहरी चौकीमा आक्रमण गर्नसक्ने सूचना प्राप्त भएको थियो । शंकास्पद गतिविधि रहेको सूचनापछि केन्द्रबाट ९ जना र प्रदेश नम्बर १ विराटनगरबाट २० जनाको सशस्त्र प्रहरी बलको विशेष टोली परिचालन गरिएको प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौंबाट हेलिकप्टरमा प्रहरीको टोली घटनास्थलतर्फ गएको हो । नेपाल प्रहरी र सशस्त्रको सयुक्त टोलीले हतियारधारी समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन सुरु गरेको छ । नेपाल प्रहरीले पनि काठमाडौंबाट र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरेको छ ।

-बाह्रखरी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्