Logo

के ओली सरकारले बिरेन्द्रको वंशनाश र मदन भण्डारीको रहस्यमय मृत्युको सत्यतथ्य पत्ता लगाउलान सक्ला?


नेपाली इतिहासमा त्यस्ता थुप्रै दुर्घटना र हत्याकाण्ड भए जुन किताबका पानामा लेखिएका छन् । तर कहिल्यै नमेटिने छाप छोडेर भएको मदन भण्डारी र जीवराज आश्रित मारिएको दासढुंगा दुर्घटना र १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको तत्कालिन राजा विरेन्द्रको वंश नै सखाप पार्नेगरि भएको दरबार हत्याकाण्ड नै हो । आजभन्दा १८ वर्षअघि ०५८ साल जेठ १९ गते शुक्रबार राति राजा वीरेन्द्र शाहको वंशनाश गर्नेगरी दरबार हत्याकाण्ड गराइएको थियो ।
त्यो कालो शुक्रबारले वीरेन्द्रको वंशनाश भयो । कोही पनि बाँच्न पाएनन् । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो। तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन् ।

दीपेन्द्रले त्यतिसम्म गर्न सक्लान् भन्ने कसैलाई लागेकै छैन । ज्ञानेन्द्र शाहको परिवारमध्ये कोमल शाह घाइते भएकी थिइन् । अन्य कसैलाई केही नहुँदा शंका गर्ने ठाउँ रह्यो ।

हुनत तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । त्यो समितिले दीपेन्द्रलाई नै दोषी देखायो ।

दरबारभित्र सो समयमा भएका व्यक्तिहरुको भनाइलाई आधार मानेर रिपोर्ट तयार भएको थियो ।

परिस्थिति यस्तो थियो कि तत्कालीन सभामुख तारानाथ रानाभाटले दोहोरो कुरासमेत गरेका थिएनन् । समितिले दरबार निकटका कसैसंग पनि प्रतिप्रश्न गर्न पाएका थिएनन् । एकोहोरो भनेको भनाइलाई आधार बनाउँदा पक्कै पनि त्यो रहस्यमय बनेको थियो, यद्यपि छ ।

तत्कालीन राजाले एमालेका नेता माधवकुमार नेपाललाई समितिमा बस्न भनेका थिए । उनले समितिमा बस्न डराए ।

तर त्यसपछि निरन्तर एमालेले दरबार हत्याकाण्डको छानविन हुने र हत्यारा पत्ता लाग्ने बताउँदै आएको छ, मदन भण्डारीको दुर्घटना पछि सत्य पत्ता लगाउँछु भने जस्तै I

मदन भण्डारीको दुर्घटनालाई हत्याकाण्डको संज्ञा दिंदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्डको रहस्य खुल्ने बताएका छन्। तर सरकारमा रहँदा कानमा तेल हालेर बसेका छन ।

तत्कालिन नेकपा एमालेबाटै चार जना प्रधानमन्त्री हुँदासमेत छानविन गरेनन्। दरबार हत्याकाण्ड भइसकेपछि पनि एमालेका तीन जना प्रधानमन्त्री भए । नेपाल, झलनाथ खनाल र ओली प्रधानमन्त्री भए पनि केही गरेनन्। शंकैशंकाबीच राजनीति गरेका छन् दरबार हत्याकाण्डलाई जोडेर एमालेका नेताहरु ।

दरबार हत्याकाण्डको ग्राण्ड डिजाइनको खुलासा गर्ने भन्दाभन्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पनि निधन भयो। यतिलामो समय भइसक्दा पनि अहिलेसम्म थप कुनै कुरा बाहिर आउन सकेन । पुस्तकमा मनगढन्ते कुरा लेख्ने क्रम अहिले पनि रोकिएको छैन ।

सम्भवतः त्रास अझै छ । दीपेन्द्रले नै पनि गराएका हुन सक्छन् । तर त्यसको निष्पक्ष छानविन नहुनु दुर्भाग्य हो । मुलुकमा गणतन्त्र आइसकेपछि अब त तत्कालीन दरबार निकटका व्यक्तिहरुलाई पटकपटक प्रश्न गर्न सकिन्छ । फेरि कसले छेक्यो छानविन गर्न । होइन भने रहस्यमै रहेको दरबार हत्याकाण्ड र दासढुङ्गा दुर्घटनाको बिषयमा कम्तिमा तत्कालिन एमाले हालको नेकपाका नेताहरुले राजनीतिक रोटी नसेकेकै राम्रो । होइन भने तत्कालिन एमालेका नेता तथा हालका शक्तिशाली प्रधानमन्त्री केपी ओलीले दुवै घटनाको सत्य पत्ता लगाउन आँट गर्नुपर्छ । के उनले यो आँट गर्लान ?
-हाम्रा कुरा

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्