Logo

अनौठो घटना :च्याम्पियन्स लिगको फाइनल चलिरहँदा महिला कपडा खोलेर मैदानमा दौडिएपछि


गएराती स्पेनको मड्रिडमा युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल भयो । फाइनलमा लिभरपुलले टोट्टनह्यामलाई २–० गोलले पराजित गर्दै छैटौं पटक उपाधि जित्यो ।

यो खेल चलिरहँदा बीचमा निकै अनौठो घटना भयो । खेल सुरु भउको २० मिनेट भएको थियो । त्यही बेला एक महिला कपडा खोलेर मैदानमा दौडिइन् ।

ती महिला दर्शकको बीचबाट उठेर अचानक मैदान प्रवेश गरेको द सनको समाचारमा उल्लेख छ। उनी मैदान प्रवेश गर्नासाथ एकजना सुरक्षाकर्मी दौडिँदै उनको पछिपछि गए र उनलाई समातेर ल्याए । उनी मैदान प्रवेश गरेपछि रोकिएको खेल पुनः सुरु भयो । समाचारमा जनाइएअनुसार ती महिला एक पोर्न वेबसाइट संचालक हुन् र त्यसैको प्रचारको लागि उनले यस्तो हर्कत गरेकी थिइन् । ती महिलाको नाम किन्सी वलान्स्की हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्