Logo

अमेरिकाले नेपाललाई इन्डोप्यासिफिक यस्तो कदम उठायो


काठमाडौं । नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ ।

 

अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ ।

अमेरिकाले मानवीय सहायता र विपद् व्यवस्थापन, शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायत क्षेत्रमा नेपालसँग रक्षा सम्बन्ध सम्बन्ध विस्तार गर्ने जनाएको छ ।

नेपाल र अमेरिकाबीचको बढ्दो रक्षा साझेदारीका रुपमा २०१८ जुनमा आयोजित युएस आर्मी प्यासिफिकको नेतृत्वको ‘ल्याण्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवादलाई लिन सकिने रिपोर्टमा उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा खबर छ ।

यस्तै, कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् ।

अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल प्रतिलिटर एक सय २५ रुपैयाँ र डिजेल एक सय १० रुपैयाँमा बिक्री गरिरहेको बताए ।

निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २० रुपैयाँ महँगो छ । यो समाचार आजको नागरिक दैनिकमा खबर छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्