Logo

सहमतिपछि क्रिक्रेट मैदानको तारबार स्थानीयले नै उठाए


चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालामा भत्काइएको तारबार स्थानीयकै सक्रियतामा पुन: उठाउने काम सुरु भएको छ।

क्रिक्रेट मैदानको जग्गा सडकका लागि छाड्नुपर्ने माग राखेर तीन दिन अघि केही स्थानीयले धुर्मुस-सुन्तली फाउन्डेसनले लगाएको करिव पाँच सय मिटर तारबार डोजर लगाएर भत्काएका थिए।

तारबार भत्काउन संलग्न रहेको आरोप लागेका नेकपाका स्थानीय नेता प्रकाश कडेंललाई पार्टीले कारवाही गरेको छ भने विवाद भएपछि फाउन्डेसनले पनि काम रोकेको थियो।

शनिबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललगायतले मैदान निर्माणलाई सुरु गर्न आग्रह गरे। क्रिक्रेट मैदान बनाउन जस्तोसुकै मूल्य चुकाउन महानगर तयार रहेको दाहालले बताइन्। कार्यक्रममा ‘भत्काउनेले बनाउनुपर्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएर बालबालिका पनि पुगेका थिए।

उत्पन्न विवाद हल गरेपछि रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० विघा क्षेत्रफलको जग्गामा रंगशाला निर्माणको काम अघि बढेको हो। छलफलपछि स्थानीय बासिन्दाले नै ढलाएको बार उठाउने काम सुरु गरेको फाउन्डेसनले जनाएको छ।

भरतपुर महानगर १६ र १७ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि र फाउन्डेसनका प्रतिनिधिबीचमा छलफल भएर रंगशाला निर्माणलाई अघि बढाउने सहमति भएको हो।

रंगशालाको पश्चिम क्षेत्रमा सात मिटर चौडाको बाटो पछि फराकिलो बनाउँदा आफ्नो घरबार गुम्ने भन्दै यहाँका केही बासिन्दाले तारबार भत्काइदिएका थिए। स्थानीयले सडकका लागि फाउन्डेसनले पनि जग्गा छाड्नुपर्ने माग गर्दै आएका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्