Logo

देशको परिस्थिति अनुकूल रहे फेरि प्रधानमन्त्री हुन्छु: प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थिति अनुकूल रहेमा आफू फेरि प्रधानमन्त्री हुने बताएका छन्।

देशको परिस्थिति तथा पार्टी निर्णयले सहमतिकै आधारमा एक वर्षभित्रमा प्रधानमन्त्री हुने दाहालको भनाइ छ। उनले पार्टी एकताका बेला गरिएका सहमतिको कार्यान्वयन हुने पनि विश्वास गरेका छन्।

‘मैले नयाँ कुरा गरेको छैन, सहमति कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा पहिलेदेखि भन्दै आएको हो,’ विराटनगरमा शनिबार पत्रकारहरूसँग दाहालले भने, ‘म प्रधानमन्त्री बन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा हो। परिस्थिति कसरी विकास हुँदै जान्छ त्यसमा निर्भर रहन्छ।’

पार्टी एकताका बेला गरिएका सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन भए आफू प्रधानमन्त्री हुने दाहालको भनाइ छ।

उनले अन्तर्वार्तालाई लिएर अनावश्यक बहस नगर्न पनि आग्रह गरे।

‘विगतको सहमति कार्यान्वयन गरिन्छ। तर यो विषयमा धेरै ध्रुविकरण भएर बहस गरिराख्नु जरुरी हुँदैन,’ दाहालले भने।

पत्रकार ऋषि धमलासँग एक अन्तर्वार्तामा दाहालले पार्टी एकता घोषणा हुनुअघिको पाँच बुँदे सहमति स्मरण गर्दै ‘साढे २ वर्षमा ओलीले प्रधानमन्त्री छोड्न हुन्न भन्ने कल्पना पनि गर्न चाहन्नँ’ भनेका थिए।

पहिलेदेखि भन्दै आएका कुरा अन्तर्वार्तामा भने पनि अतिरञ्जित गरेको आरोप दाहालको थियो।

‘प्रधानमन्त्रीज्यूले सहमतिका कुरा राम्रोसँग बुझ्नुभएकै छ। बाहिर धेरै हो-हल्ला गरिराख्नुपर्ने विषय होइन,’ उनले भने। उनले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा धेरै नखेल्न पनि पत्रकारलाई आग्रह गरे। -सेतोपाटी बाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्