रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा , ६ घाइते
रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुको सुनुवार गाउँमा दुर्घटना हुँदा यात्रु घाइते भएका छन् ।
स्वास्थ्य चौकी सैपुका हेल्थ असिस्टेन्ट नगेन्द्र कुँबरका अनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिकाका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सर्मीला पौडेल गम्भीर घाइते भएका छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्सबाट काठमाडौ लगिएको कुँवरले जानकारी दिए । घाइतेको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ भने करिब १० जना सामान्य घाइते भएका थिए ।
घाइते भएका थहरी पौडेलका अनुसार दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको थियो । चालकलाई उदृत गर्दै उनले भने – ‘एउटा टायर पन्चड भएकाले सम्ममा लगेर बनाउन अगाडि बढाउँदा गाडिको ब्रेक फेल भयो । ठूलो क्षति हुनबाट जोगाउन चालकले भित्ताको नाली साइडमा गाडि मोडेर जोगाइएका थिए।