Logo

भारतबाट फर्किए प्रधानमन्त्री, एयरपोर्टमा पत्रकार भेटघाट गरेनन्


काठमाडौ : समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन्। ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी पुगेका थिए।

मोदीले दोस्रो कार्यकालको सपथ लिएर ५८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरिसकेका छन्। दिल्लीमा रहँदा ओलीले शुक्रबार दिउँसो करिब आधा घण्टा समकक्षी मोदीसँग भेटवार्ता गरेका छन् ।

त्यसक्रममा उनले मोदीलाई रुद्राक्षको माला उपहार दिँदै नेपाल भ्रमणका लागि बोलाएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारका अनुसार दुई नेताबीचको भेटमा सदियौँदेखि देश र जनताबीचको सम्बन्धलाई अझै मजबुत बनाउन सहमति भएको छ ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ गएका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्