Logo

नेपाललाई विश्वकप पुर्‍याउँछु-प्रशिक्षक पटवाल


‘एक वर्षको सम्झौतामा रहेको छु । यसले नेपालमा क्रिकेट सँस्कारको विकास गर्दै अगाडि बढाउने र टी–२० विश्वकप खेलाउने नै मेरो लक्ष्य रहेको छ । अफगानिस्तानमा यसअघि गरेको कामले पनि मलाई आफ्नो उद्देश्यमा धेरै हदसम्म सहयोग गर्छ भन्ने लाग्छ’ पटवालले भनेका छन् ।

शुक्रबार एक वर्षे सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहे पनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट उपस्थित नहुँदा हस्ताक्षर भने हुन सकेन ।

पटवालसँगै रहेका नेपाली टिमका कप्तान पारस खड्काले पनि पटवालको उपस्थितिले नेपाली क्रिकेट थप अगाडि बढ्ने विश्वास देखाएका छन् ।

‘अहिलेसम्म नेपाली क्रिकेटले जति उपलब्धी पाएको छ त्यो सबै खेलाडी र प्रशिक्षककै बलमा हो । हामी एउटा स्तरमा पुगिसकेकाले अब थप केही आवश्यक छ भनिरहेका थियौँ, त्यही आवश्यकता नयाँ प्रशिक्षकमार्फत पूरा हुन्छ भन्ने विश्वास लागेको छ’ कप्तान खड्काले भनेका छन् ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नै हेर्दै आएको छ । यसैले नेपाली टिमको धारणाअनुरुप नै आईसीसीले नै राष्ट्रिय खेलकुद परिषदमार्फत पटवाललाई प्रशिक्षकमा पठाएको हो । जसमा पटवालको पारिश्रमिक मासिक ७ हजार डलर हुने बताइएको छ ।

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज खेल्दा ब्याटिङ कन्सलट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सलट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा अफगानिस्तान टिमको ब्याटिङ प्रशिक्षक थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्