सन्नी लियोनको चर्चित र काण्ड सहितको फोटो : ‘डोजर काण्ड’ चर्चामा (हेरौँ तस्बिरहरु)
भारतको सोसल मिडियामा अहिले जेसिबिकिखुदाई ट्रेन्डिङमा छ । मान्छेहरु जेसिबिलाई लिएर मजाक उडाइरहेका छन् । सोशल मेडियामा जेसीबी मशीनको मेमेहरुको बाढीनै आएको छ ।
हालै बलिउड अभिनेत्री सनी लियोनीले जेसीबीमाथि चडेर खिचेको फोटो सार्वजनिक भएपछि डोजर काण्डले व्यापकता पाएको हो । उनले उक्त तस्बिर शेयर गर्दे करियर चेन्ज क्याप्सन हालेकि थिइन् । छोटो समयमै उक्त तस्बिर फेसबुक, इन्टाग्राम र ट्विटरमा भाइरल बन्यो ।
बाँकी तस्बिर तल छ
किन बन्दैछ भाइरल
भारतमा जेसीबी मशीन खन्नकोलागि प्रयोग गर्दा त्यहाँ धेरै मान्छे दर्शकका रुपमा बस्ने गर्छन् । बेरोजगारहरुले जेसीबी संचालन भएको हेर्दै समय खेर फ्यालेको भन्दै समाजिक संजालमा डोजर भाइर बनेको हो ।
नेपालमा पहिलेदेखिनै डोजर काण्ड…
सामाजिक सञ्जालले आजभोलि सामान्य कुरालाई पनि भाइरलको रुपमा देखाउन थालेको छ । यस्तैगरी तत्कालिन अवस्थामा डोजर कााण्डले भाइरलको रुप लिएको छ ।
बाँकी तस्बिर तल छ
सामाजिक सञ्जाल ट्वीटरमा त झन यसले महामारीको रुप धारण गरिसकेको छ । यससँग सम्बन्धित तस्वीरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ ।
फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली छ । कतिले यसका बारेमा स्पष्ट पारिदिन अनुरोध गर्दै सामाजिक सञ्जालमै जिज्ञासा पोखेका छन् ।
तरकारीवाली र एनसेलको रातो नम्बरको ट्रेण्ड सेलाउँदै गर्दा ‘डोजर’ भाइरल बनेको छ । यसलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा हास्य व्यंग्यात्मक एवं प्रतिकात्मक पोष्टहरु भइरहेका छन् ।
विशेषगरी फेसबुकमा लोकप्रिय भएका एमएमआर, ब्राह्रमण ग्रुप, दाह्री ग्याङलगायत ग्रुपहरुमा डोजर र त्यससँग सम्बन्धित रोचक तस्वीरहरु धमाधम अपलोड भइहरेको छ ।
डोजरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भयो । यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालमा बढ्दो बेरोजगारीसँग जोडेका छन् । सामाजिक सञ्जालमा केही दिन अघि बालाजुमा चलिरहेको डोजरको फोटो पोष्ट भयो । सँगै त्यसलाई हेर्न जम्मा भएको ठूलो भीड पनि देखियो ।
त्यही तस्वीर निकै भाइरल भयो । जसलाई समाजिक सञ्जाल प्रयोगकर्ताले ‘डोजर काण्ड’को संज्ञा दिए । आजभोलि गाउँमा मात्रै हैन, शहरमा पनि केही कामका लागि डोजर चल्यो भने हेर्नेको ठूलो भीड लागिहाल्छ । यस्तो भीडमा युवाको संख्या नै अत्यधिक देखिन्छ । यसले नेपालका धेरै युवा कामबिहीन हुनुको वास्तविक मर्मलाई दर्शाउँछ ।