नुवाकोट गाउँपालिका ककनीमा सीप विकास तालिम
नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालीका वडा नं ४ मा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तगत घरेलु तथा साना उद्योग विकास कार्यलय काठमाण्डौ र लागीगँुरा सामुदायिक विकास केन्द्र एवम् जोइन्ट भिजन कन्सल्टेन्सी द्वारा सञ्चालित सीप विकास तालिम १४ गते समापन गरिएको छ । गाउँपालिका प्रमुख मान बहादुर लामा र ४ न. वडा अध्यक्ष दिपेश तामाङको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो ।
त्यो वडाको सहभागी उद्यमीहरुको माग बमोजिम बुटिक चुरा,औठी, टप,माला निर्माण,कुशन र सीताके च्याऊ खेती जस्ता महत्वपूर्ण विषयमा तालिम सञ्चालन गरिएका थिए । तालिममा सहभागी उद्यमीहरुलाई गाउँपालिका प्रमुख मान बहादुर लामाले प्रमाण प्रत्र तथा उनीहरु आफैने बनाएका आकर्षक माला,कुशन,टोप,चुरा जस्ता आकर्षक शृङगारहरु वितरण गरेका थिए । गाउँपालिका प्रमुख लामाले महिलाहरु राज्यको ठूलो शक्ति भएको बताउदै पछाडी लुकेर बस्नु नहुने बताए ।
महिला पुरुषको सम्मान हक अधिकारको कुरा चाहीं गर्ने तर काम गर्ने बेला चाही हामी त महिला हो भन्दै पछाडी हटेमा कुनै हालतमा पनि महिलाहरुको स्तर उन्नती नै नहुने औल्याए । साथै प्रमुख लामाले महिलाहरु बच्चा जन्माउने मेसिन मात्र नभएर स्वाभीमानी नारी भएको बताए । साथै तालिमलाई नाम मात्रको तालिममा सीमित नराख्न समेत उहाले आग्रह गर्नु भयो ।
प्रमुख लामाले आफ्नो गाउँपालिको तर्फबाट कुनै कञ्चुस नगरी सकेको आर्थिक सहयोग गर्ने बताउदै आधिकारीक रुपमा चाडै समुह नेपाल सरकारको सुचीमा पर्ने गरी संस्थागत रुपमा समुह दर्ता गर्न समेत अग्रह गर्नु भयो । वडा अध्यक्ष दिपेश लामाले महिला जागरण रुपी यस किसिमको महत्वपूर्ण कार्यक्रम आफ्नो वडामा परेकोमा खुशी ब्यक्त गर्दै यो तालिमको फाइदा उठाउन आग्रह गर्नु भयो । सफल उद्यमी भएर वडाको इज्जत राख्न आग्रह गर्र्दै, वडाको तर्फबाट पनि आवश्यक आर्थिक,भौतिक रुपमा कुनै पनि सहयोग गर्ने बताए ।
कार्यक्रम संयोजक गोकर्ण भट्टले तालिममा उत्साह जनक सहभागीहरुले सीप सिकेको औल्याउदै,यो तालिमले उनीहरुको जीवनमा केही परिवर्तन ल्याउने विश्वास ब्यक्त गर्नु भयो । गाउँपालिका र वडा कार्यलसँग जुन किसिमबाट सहजिकरण गरियो त्यही मोडल अनुसार नै सफल रुपमा कार्यक्रमलाई अगाडी बढाइएको संयोजक भट्टले बताए ।
यो तालिम सफल पार्नमा गाउँपालिका प्रमुख र वडा प्रमुखले महत्वपूर्ण सहयोग गरी महत्वपूर्ण भुमिका निभाएको उद्यम विकास सहजकर्ता सरिता विश्वकर्माले बताइन् । संस्था र जनप्रतिनिधिहरुको यति सकरात्मक सोच र महत्वपूर्ण सहयोग गर्ने क्ष्इच्छा हुदाहुदै पनि सहभागीहरु जाँगरिलो भएर आफ्नो समस्या र माग अगाडी राख्न हिचकिच्याएकोमा भने सरिता विश्वकर्माले दुःख ब्यक्त गर्दै सहभागीहरुलाई गाली समेत गर्न ब्याए ।