Logo

विप्लव वकिल बन्न चाहन्थे, तर कसरी बने देश हल्लाउने क्रान्तिकारी नेता ? बृस्तित राजनीतिक जीवन यस्तो


सोमबार नेत्रिवक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले देशभर नेपाल बन्दको घोषण गर्यो । उनीहरुकै भाषामा भन्नु पर्दा बन्द सफल बनाउन पूर्ण रुपमा कार्यकर्ता परिचालन गरे । सोमबार बिहानै राजधानी काठमाडौंको विभिन्न ठाउँमा बम राख्ने योजना बनाएर आइतबार साँझ कार्यकर्ताहरु तयारीमा जुटे ।

कार्यकर्ताहरु जनसमुदायलाई त्रसित बनाउन रातारात काठमाडौंका विभिन्न ठाउँमा बम राख्ने तयारी गर्दै थिए । तर, बिहान ४:१५ बजे बिस्फोट गराउने तयारी गरेको बम साँझ ४:१५ बजे नै बिस्फोट भयो ।

प्रहरीका अनुसार सो बम बिहान बिस्फोट गराउने भनिए पनि ‘टाइम’ साँझको भएर बिस्फोट भएको हो । बम विस्फोटपछि ४ जनाको मृत्यु भए । विप्लवले विज्ञप्ति निकालेर मृत्यु हुने ३ जना आफ्नै कार्यकर्ता भएको बताइसकेका छन् । घटनामा ७ जना घाइते भए ।

आखिर को हुन् त विप्लव ? यो प्रश्न गर्दा धेरैलाई थाहा नै छ उनी पहिले नै माओवादीमा लागेर युद्ध गरेका एक नेता, एक आन्दोलनकारी । उनको राजनीतिक पृष्ठभूमि धेरैलाई थाहा छ ।

पछिल्लो समय सरकालाई नै चुनौती दिँदै आएको र जनजिवनलाई प्रभावित पार्दै आएको विप्लवको जन्म रोल्पामा भएको हो । उनी विस ०२४ सालमा बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो छोराका रुपमा जन्मिएका थिए । १९ वर्षको उमेरमा लिवाङको बालकल्याण माध्यामिक विद्यालयबाट एसएलसी दिएका उनी थप अध्ययन गर्न काठमाडौं आए ।

कानुन पढ्न नेपाल ल क्याम्पसमा भर्ना भए । कानुन पढ्दै गर्दा विस्तारै राजनीतिमा होमिएका उनी जनयुद्धका एक हस्तीसम्म बने ।

अखिल छैठौँबाट राजनीति यात्रा सुरु गरेका विप्लव अहिले सरकारलाई चुनौती दिने प्रतिबन्धित समुहका रुपमा रहेका छन् । १० वर्षे जनयुद्धका समयमा कमाण्डर बनेका उनी जनताको चाहानविपिरत काम गर्दै आएका छन् । उनको राजनैतिक यात्रालाई हेर्दा :

२०३९ सालमा अखिल छैठौंबाट राजनीति सुरू ।
२०४३ मा विद्यार्थीको रोल्पा अध्यक्ष ।
२०४८ सालमा एकता केन्द्र मसालको सदस्य, सक्रिय राजनीतिमा ।
२०५२ मा माओवादीको विद्यार्थी उपाध्यक्ष ।
२०५२ मा जनयुद्ध सुरु हुँदा विद्यार्थी राजनीतिसँगै ललितपुर सेक्रेटरीको जिम्मेवारी ।
२०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज ।
२०५५ सालमा माओवादीको चौथो विस्तारित बैठकबाट तत्कालीन माओवादीको केन्द्रीय सदस्य ।
२०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य ।
२०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज ।
२०६१ सालमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास पात्र ।
२०६२ सालमा खरो ढंगले बोल्ने भएपछि प्रचण्डले छाडे ।
२०६३ सालमा पार्टीभित्र छलफल नगरी जनयुद्ध रोकेको भन्दै प्रचण्डविरुद्ध रुष्ट ।
२०६४ सालमा काठमाडौंमा भएको पाँचौ विस्तारित बैठकमा मोहन वैद्य, सीपी गजुरेल, विप्लवलगायत गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान ।
२०६५ सालमा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखे ।
२०६९ सालमा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापा ‘बादल’ सहित नयाँ पार्टी गठन ।
२०७१ सालमा वैद्यसँग पनि कुरो नमिलेपछि आफ्नै नेतृत्वमा नयाँ पार्टी गठनसँगै महासचिव बने ।
२०७४ सालको फागुन २८ गते सरकारद्वारा प्रतिबन्ध ।

वर्ण मिडियाको विश्लेषण ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्