काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।
खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिज कुन टिम कति अब्बल ?

पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्लो पाँच एक दिवसीय क्रिकेट खेललाई हेर्ने हो भने पाकिस्तानले चार खेलमा जित हात पार्दा वेष्ट इन्डिजले एक खेलमा मात्रै जित निकालेको छ । तर वेष्ट इन्डिज र पाकिस्तानबीच पछिल्लो दुई वर्ष यता प्रतिस्पर्धा भएको छैन ।

ष्ट इन्डिजको तुफानी ब्याटिङलाई रोक्ने पाकिस्तानसँग बलर अस्त्र छ । सबै एकसे एक बलर भएका कारण पाकिस्तानको लागि गेम चन्जरको रुपमा बलिङलाई लिन सकिन्छ ।

ब्याटिङ पनि राम्रो देखिएको छ । पाकिस्तानको ब्याटिङ बलिङ र फिल्डिङ तिनै पक्ष बलियो छ ।

विश्वकपका लागि पाकिस्तानी टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदी ।

विश्वकपका लागि वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।